एक ट्राफिक प्रहरीको जिम्मामा ९ सय सवारीसाधन ! कसरी हट्छ जाम ?

काठमाडौं – काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीलाई सवारीसाधनको उच्च भार पर्ने गरेको देखिएको छ ।

उपत्यकामा १ जना ट्राफिकलाई औसतमा ९ सय सवारीसाधन भागमा पर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाको उपत्यका ट्राफिक व्यवस्थापन सम्बन्धी तथ्यांकले देखाएको हो ।काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीको दरबन्दी १ हजार ८४ छ । हाल कार्यरत १ हजार ३ सय ६८ जना ट्राफिक प्रहरी रहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले बताए ।

प्रकाशित मिति: : 2019-09-12 19:56:22

प्रतिकृया दिनुहोस्