युरोप सपनाले ठगिँदैछन् नेपाली युवा

अनलाइनखबर

काठमाडौं

स्नातक तह पूरा गरेपछि पाल्पा तानसेन नगरपालिकाका २२ वर्षीय प्रमोद रिजालको मन स्वदेशमै अडिएन ।  उनले २ वर्षअघिबाटै विदेश जाने साेच बनाए ।

साथीभाइसँग सरसल्लाह गर्दा सबैले उनलाई युरोपेली देश जान सुझाए । ‘युरोपमा राम्रै कमाइ हुन्छ’ भन्ने उनले सुनेका पनि थिए । त्यही चक्करमा एक जना साथीमार्फत उनको भेट काठमाडौंका नमराज बेलबासेसँग भयो ।

बेलबासेले ‘क्रोएसिया’ मा राम्रै कमाइ हुने प्रलोभन देखाए । ‘मासिक डेढ लाख भन्दा कम हुँदैन भनेपछि मैले केही सोचिनँ,’ उनले भने ।

बेलबासेले मागे बमोजिम उनले क्रोएसिया जान ९ लाख रुपैयाँ बुझाउन तयार भए । यो  ०७९ पुस १३ को कुरा हो ।

प्रकाशित मिति: : 2024-04-26 10:48:00

प्रतिकृया दिनुहोस्