'गाउँमा सिंह मात्रै आयो दरबार आएन'

जुम्ला– स्थानीय तहको निर्वाचन भएको साढे दुई वर्ष बितिसक्दा पनि जुम्लाका स्थानीयले गाउँमा सिंहदरबारको अनुभुति गर्न पाएका छैनन्। गाउँमा सडक पुगेको छैन्। खानेपानी समस्या निवारण हुन सकेको छैन्। स्थानीय उत्पादनको बजारीकरण हुन सकेको छैन्। गाउँका सिंहदरबारले कुनै प्रकारको देखिने खालको विकासका क्रियाकलाप अघि बढाउन नसकेकोप्रति जुम्लाबासी आक्रोशित छन्।

संघीयता कार्यन्वयनमा आउँदै गर्दा गाउँका सिंहदरबारले गाउँको उत्थान गर्ने आकांक्षा थियो, पातारासी ३ का उर्गेल लामा भन्छन्,‘त्यो सरकार न गाउँमा आयो, नत गाउँपालिकामा। उल्टै स्थानीयलाई सास्तीको अनुभुति भईरहेको छ। ’ स्थानीय सरकार विकास भन्ने बित्तिकै डोजरले सडक खन्नुलाई सम्झन्छ। सानातिना समस्या हेर्दै हेर्दैन।

उनले भने,‘ गाउँमा सिंहदरबार आयो भन्छन्, ‘हामीलाई सिंह आएजस्तो मात्र लाग्छ, दरबार हराए जस्तो छ। सुगममै सवारी साधनमा ओहोरदोहोर बढेको छ। गाउँमा सुनसान छ। ’ अहिले न विकास आयो नत गाउँमा सडक नै पुग्यो। सडक खनेको क्षेत्रमा समेत भु क्षयको सम्भावना बढेको छ।

प्रकाशित मिति: : 2019-09-10 15:24:43

प्रतिकृया दिनुहोस्