आलमको अपराधमा नयाँ पत्रिकाको शृंखलाबद्ध रिपोर्टिङ

इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा पूर्वमन्त्री आफताब आलमसहित चारविरुद्ध जन्मकैदको फैसला भएको छ । चार वर्षदेखि विचाराधीन मुद्दामा जिल्ला अदालत रौतहटले बिहीबार आलमसँगै महताब आलम, शेष सेराज र बद्री सहनीविरुद्ध पनि जन्मकैदको फैसला गरेको छ । 

अफताब आलमविरुद्धको १६ वर्ष लामो र कठोर लडाइँमा पीडित परिवारले न्याय पाएको छ । करोडौँको प्रलोभन र ज्यान मार्नेसम्मको धम्की एवं दबाबसँग नझुकेका पीडित परिवार बिहीबार रौतहट जिल्ला अदालतको फैसलापछि खुसी छन् । आलमको क्रूर अपराधको नयाँ पत्रिकाले स्थलगतदेखि अनुसन्धानसम्ममा शृंखलाबद्ध रिपोर्टिङ गरेको थियो ।

प्रकाशित मिति: : 2024-04-26 08:23:00

प्रतिकृया दिनुहोस्