रास्वपा उम्मेदवार लिम्बुले गरे आचारसंहिताकाे उल्लङ्घन, कारबाहीकाे तयारी

फाइल तस्विर
फाइल तस्विर

इलाम- २ काे उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन्।

लिम्बुले मतदान गर्न जाँदा पार्टीको चुनाव चिन्ह अंकित ब्याच लगाएर गएर आचारसंहिता उल्लङ्घन भएको हो।

उनले कोटबाहिर स्पष्ट देखिने गरी रास्वपाको चुनाव चिन्ह घन्टी भएको लोगो लगाएर मत दिएर निर्वाचन आचारसंहिताको उल्लंघन गरेका हुन्। उनीविरुद्ध उजुरी परेपछि निर्वाचन आयोगले छानबिन सुरु गरेको छ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रास्वपाको उम्मेदवारविरुद्ध आयोगमा आज उजुरी परेपछि आवश्यक कारबाही सुरु गरेको र स्थानीय प्रशासनलाई आवश्यक कारबाहीको पूर्ण अधिकार दिइएको बताएका छन्।

लिम्बुले आफूले मतदान गरेको तस्विर सामाजिक सञ्जालमा राखे पनि आचारसंहिता उल्लङ्घन भएको उजुरीपछि सो तस्बिर हटाएका छन्।

प्रकाशित मिति: : 2024-04-27 16:16:00

प्रतिकृया दिनुहोस्