हात्तीले जुराइदिएको जीवनसाथी

ठगा र सुनयना पजियार

हात्तीकै कारण उनीहरू एकअर्कासँग नजिकिए। हात्तीले नै उनीहरूबीच प्रेम बसायो। र बिहे पनि गरे। ठगा पजियार र सुनयना पजियार हात्तीले जुराइदिएका जीवनसाथी हुन्।

४८ वर्षीय ठगाले चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर हात्तीसारमा माउते भएर ३० बसन्त बिताइसके। आफ्ना बुबालाई सर्लाहीबाट पछ्याउँदै चितवन आएका उनी २०४६ सालमा माउते बनेका थिए।

 यो पनि हेर्नुहोस्

 बिपीकाे १०५ ओै जन्मजयन्ती 

यहीक्रममा ठगाको सुनयनासँग भेट भयो। सुनयना उनकी 'साली' पर्थिन्। सुनयनाका बुबा पनि माउते थिए। उनी बुबासँग हात्तीसारै बस्थिन्। एकै ठाउँ बसेपछि ठगा र सुनयनाबीच विस्तारै कुरा हुन थाल्यो। कुरा गर्न ठगा नै अघि सर्थे।

'उनी मेरी साली पर्थिन्। उमेरले मभन्दा कान्छी पनि। त्यसैले मै बोलाउँथे,' ठगाले प्रेम प्रसंग कोट्याए। 

बातचित हुँदाहुँदै उनीहरू कतिखेर नजिकिए, दुवैले पत्तो पाएनन्। परिवारलाई यसबारे खबरै थिएन। उनीहरू मेसो मिलाएर भेट्थे। 

प्रकाशित मिति: : 2019-09-10 07:42:41

प्रतिकृया दिनुहोस्