जागिर लगाइदिने भन्दै एक दर्जन बढी महिला बलात्कार, ह्याकरको पैसा साट्दा फन्दामा

काठमाडौं–भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीले नेपाल अर्बुद रोग निवारण संस्थाका अनियमितताको आरोपी पदाधिकारीलाई अस्पताल प्रवेश निषेध गरेका छन् ।  

 देशभरिका क्यान्सर बिरामीको उपचार गराउने अस्पतालमा अनियमितता गरेको आरोप लागेका संस्थाका अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ ‘ईश्वर’ र महासचिव विमलकुमार होडालाई भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी समितिले अस्पताल प्रवेशमा निषेध गरेको हो । 

अस्पतालमा सोमबार आयोजित विरोध कार्यक्रममा कर्मचारीले हस्ताक्षर अभियानसमेत सञ्चालन गरेर संस्थामा लामो समयदेखि रहेर बिरामीका लागि र भौतिक संरचना निर्माणमा आएकोे बजेटको दुरुपयोग गर्ने पदाधिकारीलाई अब कुनै हालतमा अस्पतालमा प्रवेश गर्न नदिइने कल्याणकारी समितिका संयोजक शिवराम धुख्वाले बताए ।  

    उनले भने, “देशभरका क्यान्सरका बिरामीको उपचारका लागि आएको बजेटमा ब्रम्हलुट गर्ने पदाधिकारीलाई अब क्यान्सर अस्पतालमा कुनै हालतमा प्रवेश गर्न दिदैनौँ, उनीहरु विरुद्ध हस्ताक्षर अभियानसमेत सञ्चालन गरेका छौँ, अस्पतालमा सेवा पनि रोक्दैनौँ ।”

जागिरको प्रलोभनमा बलात्कार

जागिरको प्रलोभन देखाई एक दर्जन बढी महिलाको बलात्कार गरी लुटपाट गर्ने सप्तरीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

लामो समयदेखि प्रहरीको खोजीमा रहेका अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ का २८ वर्षीय सञ्जीव खड्का नाम बताउने सन्तोषकुमार यादवलाई सप्तरी प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । 

रोजगारी डटकममार्फत एनआइसी बैंकलगायत विभिन्न गैरसरकारी संस्थामा जागीर लगाइदिने भन्दै सम्पर्क बनाई सन्तोषले धेरै महिलालाई जालमा पारी बलात्कार र लुटपाट गर्ने गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए । 

आरोपितविरुद्ध पाँचजनाको उजुरी परेको र मौखिक उजुरी दिने अन्य महिला पनि प्रहरीको सम्पर्कमा रहेको प्रनाउ मिश्रले बताए ।  सामाजिक सञ्जाल र इमोमार्फत फोन सम्पर्क गरी जागीर लगाइदिने भन्दै विराटनगर बोलाउने यादवले त्यहाँबाट आफ्नो गाउँ लगेर बलात्कार तथा लुटपाट गर्ने गरेको खुलेको छ । 

प्रकाशित मिति: : 2019-09-03 10:04:03

प्रतिकृया दिनुहोस्