‘रअ’ को दबाबपछि सहमत भएका थिए प्रचण्ड राजसंस्थाविरुद्ध लाग्‍न

भारतको गुप्तचर संस्था ‘रअ’ ले सन् १९९० ताका राजतन्त्रलाई संवैधानिक घेराभित्र ल्याउन गोप्य अपरेसन गरेको उक्त संस्थाका पूर्वअधिकारीले खुलासा गरेका छन्।

रअका पूर्व विशेष निर्देशक अमर भुषणले आफ्नो पुस्तक ‘इन्साइड नेपाल’मा नेपाललाई विरोधी तत्वबाट विचलित हुन नदिन गुप्तचरको गतिविधिबारे उल्लेख गरेका हुन्।

पुस्तकअनुसार रअको मिसन विभिन्न पार्टीबीच एकता कायम गर्न मात्र नभई नेपालको गोप्य अपरेसनका लागि सबल बनाउनु पनि थियो।

भुषणले आफ्नो पुस्तकमा रअका पूर्वी ब्युरो प्रमुखका रुपमा जीवनाथन नामका व्यक्तिको उल्लेख गरेका छन्। यस ब्युरोले सन् १९८९–९० ताका तत्कालीन राजा वीरेन्द्रलाई हटाउनका लागि विशेष गुप्तचर तैनाथ गरेको थियो।

त्यसबेला, राजीव गान्धीको सरकारले नेपाली जनताको आन्दोलनका पक्ष लिने निर्णय गरेको थियो। पटकपटक राजा वीरेन्द्रसँग कूटनीतिक वार्ताका लागि दबाब दिँदा पनि सफल भएको थिएन। त्यसपछि नाकाबन्दी लगाई राजालाई प्रजातन्त्र पुनस्र्थापना गर्न दवाब दिएको थियो।

तर, नेपालले त्यस बेला चीनसँग सहयोग माग्यो। भारत भने आफ्नो छिमेकमा चिनियाँ प्रभाव हेर्न चाहँदैनथ्यो।

त्यसैले रअका प्रमुख एके वर्मालाई यो कार्य सुम्पियो, जसले नेपाल अपरेसनका लागि आफ्नो सर्वोत्कृष्ट गुप्तचर ‘जीवनाथन’लाई जिम्मेवारी दिए।

रअको पूर्वी ब्यूरो कहिले पनि प्राथमिकतामा थिएन, त्यसैले यो कार्य जीवनाथनका लागि गाह्रो थियो। तर कूटनीतिज्ञहरूले अधुरो छाडेको कार्य पूरा गर्ने प्रतिबद्धता उनले जनाए।

प्रकाशित मिति: : 2019-09-02 18:24:03

प्रतिकृया दिनुहोस्