नेपाल-भुटान व्यापारमा 'ठूलो खाडल', भुटानबाट आलु पनि आउँछ नेपाली बजारमा

भारत लगायत सामान आयात गरिने मुलुकहरूसँगको व्यापारमा बढ्दो घाटा बेहोरिरहेको नेपालले भुटानसँग पनि बर्सेनि घाटा बेहोरिरहेको छ।

भूगोल, जनसङ्ख्या तथा यातायात पूर्वाधारका हिसाबले आफूभन्दा सानो मुलुक भुटानलाई नेपालले गत आर्थिक वर्षमा करिब १३ करोड रुपैयाँ बराबरको सामान मेची भन्सार कार्यालय काँकरभिट्टा हुँदै पठाएको थियो।

सोही आर्थिक वर्षमा भुटानबाट आठगुणा बढी अर्थात् झन्डै एक अर्ब ५५ करोड रुपैयाँ मूल्य बराबरका सामान नेपाल आयात भएको थियो।

आर्थिक वर्ष २०७४/७५ मा भुटानबाट एक अर्ब नौ करोड रुपैयाँ मूल्य बराबरका सामान नेपाल आयात भएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ।

सोही आर्थिक वर्षमा नेपालबाट भुटान झन्डै साढे चार करोड मूल्य बराबरका सामान निर्यात भएको थियो।

प्रकाशित मिति: : 2019-09-02 13:47:08

प्रतिकृया दिनुहोस्