एसियाका असाध्य सुन्दर १३ स्थानमध्ये घान्द्रुक पनि

तस्बिरः बाह्रखरी

काठमाडौं । एसिया विविधता भएको आश्चर्यजनक स्थान हो । पर्यटकहरुको नजरमा  रोमान्स, इतिहास र सुन्दरताका हिसाबले यो क्षेत्र मिश्रित पाइन्छ । यहाँ सीएनएनले तयार पारेको एसियाका १३ वटा चर्चित सहरको सूचीका बारेमा उल्लेख गरिएको छ ।

हनोइ– भियतनाम

 
 

 


हनोइ पुरानो सहर  हो । यसलाई युनेस्कोले सम्पदा सूचीमा पनि पारेको छ । भियतनामको केन्द्रीय भागमा रहेको हनोइ फोटोग्राफरहरुको लागि स्वर्ग बराबर छ ।  विभिन्न खानेकुरा र कलाका प्रेमीहरुका लागि पनि यो स्थान रमाइलो छ । युनेस्कोले यो स्थानलाई १९९९मा आफ्नो सम्पदा सूचीमा राखेको हो । यो पहिलाको फ्रेन्च कोलोनी हो । 

१७ औं शताब्दीदेखि नै यो स्थान व्यापारको केन्द्र मानिन्छ । यो स्थान साँगुरो गल्ली सहितको पुरानो सहर  हो । त्यहाँ रहेको बेलामा पपुलर खाद्यान्न बान्ह मि फुओङ खाना नबिर्सौँ । यसैगरी राइस रोल, ह्वाइट रोज डम्पिलङ, फ्रेस सी फुड पनि ख्याति प्राप्त छन् ।

युफिन– जापान

यो जापनाको ओइटामा रहेको एउटा सानो सहर  हो । यो क्युशु आइल्यान्डको दक्षिण पश्चिम भागमा पर्दछ । शान्त वातावरणका लागि यो सहर चर्चित छ । हट स्प्रिङ बाथ, टाइलका छाना भएका जापानी घर, प्राकृतिक दृश्य, माउन्ट युफु जस्ता कुरा यहाँ हेर्न सकिन्छ ।
वसन्त ऋतुमा चेरी फुलेको मनमोहक दृश्य देख्न पाइन्छ । यहाँ चिज कारखाना पनि लोकप्रिय छन् । यसैगरी कला अनुरागीका लागि यो सानो सहर मा २० वटा भन्दा बढी ग्यालरीहरु छन् ।

जर्ज टाउन– मलेशिया

मलेशियाको सहर पेनाङको राजधानी मानिने जर्ज टाउन संस्कृतिका हिसाबले निकै धनी छ ।  युनेस्कोेले यो क्षेत्रलाई सम्पदा सूचीमा राखेको छ । यहाँ बहुसांस्कृतिक प्रभाव रहेको मानिन्छ ।  यो स्थानको मलक्का स्ट्रेट व्यापारिक हबको रुपमा पनि चिनिन्छ । यहाँका सम्पदाहरु ५०० वर्ष पुराना छन् । यो क्षेत्रमा मलाया, चिनियाँ, भारतीय र युरोपियन संस्कृतिको संगम पाइन्छ ।

भिगन सहर–  फिलिपिन्स


भिगन सहर  सन् १५७२ मा स्पेनिसद्वारा स्थापना गरेको मानिन्छ ।  यो क्षेत्रमा स्पेनिश कोलोनियल अवधीको कला पाइन्छ ।  यो सहर  अहिले युनेस्कोको सम्पदा सूचीमा छ ।  यस स्थानमा सुन्दर बारोक्यु संरचना १६४१मा बनाएको मानिन्छ ।

प्रकाशित मिति: : 2019-09-01 07:46:56

प्रतिकृया दिनुहोस्