दरबारमा कुहिँदै दुर्लभ वन्यजन्तुका अंग सिंहदरबारबाटै हराए गैँडाका खाग र बाघका जुँगा

नारायणहिटीमा १३८ अंग : बाघको छालादेखि गोहीको खप्परसम्म
नारायणहिटी दरबार राजतन्त्र अन्त्यसँगै राष्ट्रिय संग्रहालयमा बदलिएको छ । तत्कालीन राजाको निवाससमेत भएकाले नारायणहिटी दरबारमा महत्वपूर्ण तथा दुर्लभ जीवजन्तुका अंग छन् । बाघका छालादेखि गोहीको खप्परसम्म भेटिएका छन् । अर्नाका चार, बाघका पाँच, बँदेलका दुई, गैँडाका २१, कृष्णसारका तीन, हात्तीका चार र सिंहको एक अंग नारायणहिटी दरबारमा भेटिएका छन् । गोहीको एउटा खप्पर पनि भेटिएको छ । विभिन्न जीवजन्तुका जम्मा एक सय ३८ आखेटोपहार भेटिएको आखेटोपहार व्यवस्थापन समितिले जनाएको छ । यी अंग फरेसखानामा राखिएको छ ।

सिंहदरबारमा १९ अंग : बाह्रसिंगाका सिङदेखि सिंगो डाँफेसम्म
सिंहदरबारमा जनावरदेखि पक्षीका आखेटोपहार छन् । नीलो भेडा (अर्गाली)को एउटा सिङ, बाह्रसिंगाको तीनवटा सिङ, ध्वाँसे चितुवाको एउटा छाला, गैँडाको खप्पर एउटा र चितवाको छाला एउटा छ । त्यस्तै जरायोको पाँचवटा सिङ र एउटा छाला, डाँफेको पूरै शरीर छ भने बाघको दुईवटा पूरै शरीर, एउटा आधा शरीर र एउटा खप्पर छ । यहाँ जम्मा १९ आखेटोपहार भएको समितिको तथ्यांक छ । 

हनुमानढोकामा ४० अंग : हरिण र जिराफको खुट्टादेखि गैँडाको खुरसम्म
हनुमानढोका दरबारमा पनि महत्वपूर्ण जीवजन्तुका अंग छन् । यहाँ बाघ र चितुवाका एक–एक खप्पर छन् । चित्तलको पनि एक–एक खप्पर, सिङ र छाला छन् । बाह्रसिंगाका एउटा सिङ, गैँडाका १२ खुर, पाँच सिङ र दुई खुट्टा छन् । हात्तीका ६ दाह्रा र जिराफको एउटा खुट्टा छ । हिमालयन थारका दुई सिङ, जरायोका एक–एक सिङ र खप्पर तथा मृग र हरिणका दुई खुट्टा छन् । एउटा आखेटोपहारको भने पहिचान खुलेको छैन । 

प्रकाशित मिति: : 2019-08-31 12:23:34

प्रतिकृया दिनुहोस्