धरहरा बनाउँदा सुन्धाराको सुर्ता : पैसा तिर्नुपर्ने बनाउछौं भने छाड, हामी आफै बनाउँछौं

तस्बिरः पहिलो पोष्ट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको महत्वकांक्षी योजनाका रुपमा रहेको धरहरा निर्माणको विषयसँगै सुन्धाराको भविष्यमाथि पनि स्थानीयले प्रश्न गर्न थालेका छन्। कुनै बेला शहरको पानी भर्न जाने सुन्धाराको अस्तित्व यतिखेर हीन अवस्थामा छ। त्यसैले अब सुन्धारा टिकेट काटेर देखाउनका लागि मात्र बन्ने हो कि भन्ने चिन्तामा छन् स्थानीय।

त्यसैकारण काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनले लुँहिटी (सुनधारा) जान चाहनेलाई टिकट लिन नपाउने प्रस्ताव अघि सारेका छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माणको क्रममा रहेको धरहरासँगै सुनधारामा पानी ल्याउने र व्यवस्थित बनाउने तयारी गरिरहेको छ। 

आज धरहरा निर्माणस्थल निरीक्षणपछि महर्जनले निर्माण सम्पन्न भएपछि सुनधारा प्रवेश गर्न रकम लिन नहुने बताएका हुन्। उनले प्राधिकरणले आफ्नो लगानीमा बनाउने भनेको सुनधारा सर्वसाधारणका लागि खुल्ला गर्न अप्ठ्यारो भए अहिले नै जानकारी दिनपर्ने बताए।

'सुनधारा जानेलाई टिकट लिन पाउनुहुन्न। तपाइँहरुले आफ्नो लगानी छ भन्नुहोला। त्यसो हो भने हामीलाई अहिले नै भन्नुस्। वडासँग बजेट छ, जाँगर छ, हामी सुनधारा आफै बनाउँछ,' उनले भने।

भीमसेन थापाले बनाएको धरहरा २०७२ सालको भूकम्पमा ढलेपछि गएको वर्षदेखि यसको निर्माण सुरु भएको हो। तर, सँगै रहेको सुनधाराको काकाकूल दृश्यमा सरकारको आँखा पुगेको थिएन। अलपत्र परेको सुनधारासँग जिवन्त संस्कारहरु जोडिएको भन्दै त्यसलाई सार्वजनिक नै राखिनुपर्ने उनले माग गरेका हुन्।

सुनधारासँगै उनले पित्तृमोक्षका लागि काँचो माटोको दियो बाल्‍दै जाने 'उपाकु' मा नगर परिक्रमा गर्ने मार्ग, खट जात्रा मनाउने बाटो पनि खुल्ला गर्नुपर्ने माग गरे।

प्रकाशित मिति: : 2019-08-31 12:01:10

प्रतिकृया दिनुहोस्