विद्युत प्राधिकरणको अबको योजना : ग्यास विस्थापन गर्न इन्डक्सन चुल्हो, इन्धन आयात घटाउन विद्युतीय सवारी

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत भदौ ८ गते काभ्रेको तेमाल गाउँपालिकामा ४ सय हाराहारी इन्डक्सन चुल्हो वितरण गरे ।

तिमाल सामुदायिक ग्रामिण विद्युतीकरण सहकारी संस्थाले आफ्ना ग्राहकलाई विद्युतीय चुलोको प्रयोग गराउन अभियान सुरु गरेको हो । घिसिङले शनिबार तेमाल गाउँपालिकाको नारायणस्थानका ४ सय उपभोक्ताहरुलाई इन्डक्सन चुलो वितरण गरेका थिए ।

विद्युतबाट खाना पकाउने उक्त चुल्हो वितरण गर्नुको सन्देश नेपाल अब विद्युतमा आत्मर्निभर हुँदैछ र १ सय वर्षमा नेपालले उत्पादन गर्न सकेको विद्युत बराबर अर्को वर्ष सोही मात्राको विद्युत थपिदैछ भन्ने सन्देश दिनुरहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताउँछन् ।

२०७२ सालमा भारतले झन्डै ६ महिना गरेको अघोषित नाकाबन्दीका बेला नेपालमा इन्धन कटौती गर्दा हाहाकार मच्चिएको थियो । सडकमा मुस्किलले एक चौथाई सवारी साधन चलेका थिए भने सहरका भान्सामा समेत दाउराले प्रवेश पाएको थियो । विजुलीबाट खाना बनाउन लोडसेडिङको मार थियो भने विद्युत खपत बढेका कारण विजुलीका ट्रान्सफर्मरहरु जल्ने समस्या पनि त्यतिकै थियो ।

 

प्रकाशित मिति: : 2019-08-29 10:26:27

प्रतिकृया दिनुहोस्