ओली र प्रचण्डले आलोपालो गरे राम्रो: झलनाथ खनाल

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् भूतपूर्व प्रधानमन्त्री झलनाथ खनालले पछिल्लो बैठकपछि पार्टीमा उत्पन्न तरङ्ग लगायतका विषयमा लिएको मौनता बीबीसी नेपाली सेवासँगको कुराकानीमा भङ्ग गरेका छन्।

उनले पार्टी बैठकको अध्यक्षता गर्ने प्रचलन, मर्यादाक्रम वा वरिष्ठतामा माधवकुमार नेपालभन्दा आफूलाई माथि ल्याइएको, प्रधानमन्त्रीले सिङ्गापुरबाट मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरेको, पार्टी सचिवालयमा अन्य नेतालाई भित्र्याउने प्रस्ताव र पार्टीको आन्तरिक राजनीतिमा राष्ट्रपतिलाई मुछिएको विषयमा आफ्नो धारणा व्यक्त गरेका हुन्।

साप्ताहिक कार्यक्रम नेपाल सन्दर्भका निम्ति दिएको अन्तर्वार्तामा उनले राखेका विचार - 

आफ्नो घटुवा/बढुवाबारे: 'सबैले गल्ती महसुस गरे'

नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच एकीकरण गर्ने प्रक्रियामा बनाइएको एकता संयोजन समितिमा म नै वरिष्ठ थिएँ। त्यहाँसम्म मेरो वरिष्ठता तलमाथि भएको छैन। 

पछि मेरो वरिष्ठता तलमाथि गरिएको हो। जेजे कारणले त्यो गरिएको भए पनि १५ महिनापछि माधवकुमार नेपालले पनि महसुस गर्नुभयो।

प्रकाशित मिति: : 2019-08-29 07:59:40

प्रतिकृया दिनुहोस्