ओलीको आडम्बर, प्रचण्डको दाउ र हतास नेपाल

प्रधानमन्त्री केपी शर्मा ओली अघिल्लो पटक सिंगापुरको उपचार गरेर फर्किएपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अड्किएको एकता प्रक्रिया धमाधम अघि बढ्यो।

बितेको १५ महिनादेखि विभिन्न बहानामा ठप्पै रहेको मेलो खुरुरु दौडियो। यसरी धमाधम निर्णय हुँदा नेकपाको सचिवालयमै रहेका कतिपय सदस्यहरू छक्क परे, पार्टीको तल्लो पंक्तिका नेता-कार्यकर्ता पनि चकित देखिए। 

सहमतिले न विधिको ख्याल गर्यो, न विधानको हेक्का राख्यो। यसैको परिणामस्वरूप सचिवालयका पाँचौं वरियताका सदस्य वामदेव गौतम पार्टी उपाध्यक्षका लागि सिफारिसमा परे। वरिष्ठ नेता माधव नेपालको वरियता एक तह तल झर्यो।  

आखिर नेकपाभित्र के त्यस्तो जादू भयो जसले रोकिएको एकता प्रक्रियालाई फटाफट अघि बढायो ?

केपी शर्मा ओली प्रधानमन्त्री भएको एक वर्षसम्म उनलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दरिलो साथ थियो।

दुवैबीच न्यानोपन थियो। काठमाडौं हुँदा प्रचण्डको अधिकांश समय बालुवाटारमै बित्थ्यो। 

समय बित्दै जाँदा प्रधानमन्त्री ओली पार्टी एकीकरण ताकाका ओलीजस्ता देखिएनन्।

उनी पहिले बलिया देखिए, त्यसपछि ‘स्वेच्छाचारी’।

पार्टी र सरकारको काममा उनको एकछत्र हाबी हुन थाले।  

यतिसम्म कि पार्टीको निर्णयमा समेत ओलीले प्रचण्डको सल्लाह पटक्कै सुन्न छाडे। सरकारको काममा त ओलीको एकलौटी छँदैथियो। 

त्यसपछि प्रचण्डलाई ओलीसँग २०७५ जेठ २ गते गरेको ‘उही' सम्झौता याद आउन थाल्यो। ओलीले भने सो सम्झौता बिर्सेझैं गर्न थाले।

प्रकाशित मिति: : 2019-08-26 15:58:04

प्रतिकृया दिनुहोस्