झुप्री त काठमाडौं बाईगई

दिन मलाई वर्षदिन जति सम्झी रुना रुना,
आमाले मारिनन् किन मलाई हुँदा हुँदा।
आमा छन्ति खाउला लाउला भ्याका दुमै दिन
आमाले मारिदिनु पर्ने दुधलाई हुन किन?

झुप्री भण्डारीले यि चार पंक्ती गाउँदा उनका दर्शक मात्रै होइन, ‘द भ्वइस अफ नेपाल’का चारै जना ‘जज’ चकित परे। आस्था राउतले बज थिच्दा उनको अनुहारमा त खासै फरक परेन, उनका बुवाको अनुहार भने उज्यालियो। उनले हतारहतार आँशु पुछे।

 

काठमाडाैंमा भ्वाइस अफ नेपालकाे स्टेजमा गाउँदै झुप्री भण्डारी।

अर्का चार पंक्ती गाउँदासम्म त दीप श्रेष्ठ, राजु लामा र प्रमाेद खरेलले कुर्सी घुमाइसकेका थिए। जजहरु आफूतिर फर्केको त उनले चाल पाइनन्, उनका बुवा बालाराम भण्डाराी र उनलाई भ्वाइस अफ नेपालमा ल्याउने कमल संघर्ष भने भाव विभोर भए। जजहरुको पनि बोलि फुटेन।

त्यतिबेला उनको गाउँ अछामको मंगलसैन नगरपालिका–६ तारेखामा भने बाजा बज्न थालिसकेका थिए। टिभी स्क्रिन अगाडि झुम्मिएका स्थानीय बासिन्दाले खुशियालीमा बनाइने बाजा बजाएको झुप्रीकी गाउँले ईशा भण्डारीले सुनाइन्। ‘गाउँमा त सबै खुशीले नाचे,’ ईशाले भनिन्।

उनी गायन रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल’को दोस्रो संस्करणको डिजिटल अडिसनमा पहिलो राउन्डबाट छनोट भएकी छन्। उनले सुदुरपश्चिममा गाइने ठाडीभाका प्रस्तुत गरेकी थिइन्। उनले गाएको गीत र भनाइले धेरैको मन छोयो। जजसमेत भावुक बने। दर्शकहरु आँशु पुछिरहेका थिए।

प्रकाशित मिति: : 2019-08-25 18:25:34

प्रतिकृया दिनुहोस्