समाचार सर्वदलीय बैठकमा ओली निष्कर्षः राजावादी अराजक, विप्लव आतंककारी

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अर्धभूमिगत गतिविधि गरिरहेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको गतिविधि आतंककारी भएको बताएका छन् ।

दुई तिहाई बहुमतको समर्थनबाट सरकारको बागडोर सम्हालेको १७ महिनापछि मंगलबार सर्वदलीय बैठक बोलाएर प्रधानमन्त्री ओलीले शान्ति प्रकृयालाई विथोल्न र मुलुकमा अशान्ति फैल्याएर हिंसामा लागेको विप्लव समूह राजनीतिक संगठन नै नभएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले बुधबार आफ्नो सरकारी निवास वालुवाटारमा अकस्मात सर्वदलीय बैठकबोलाएर विप्लवलाई आतंककारी समूह नै भएको ठोकुवा गर्दै वार्ता गरेर समय खेर फाल्ने पक्षमा नरहेको बताएका थिए ।

सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी कांग्रेस, समाजवादी पार्टी र विपक्षी राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरु उपस्थित बैठकमा प्रधानमन्त्री ओली विप्लव समूहप्रति निकै असन्तुष्टि जनाए ।

प्रकाशित मिति: : 2019-08-21 19:38:22

प्रतिकृया दिनुहोस्