वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको जीवन : सुट गरेर चितवनको जङ्गलमा फलिदिन्छु भन्ने कतिकति

पुरुषोत्तम दाहाल

नेपाली पत्रकारितामा पुरुषोत्तम दाहाल नचिन्ने सायदै होलान् । २०३५ सालबाट पत्रकारिता सुरु गरेका उनको त्यो यात्रा अहिले पनि जारी छ । छापा पत्रकारिताबाटबाट सुरु भएको उनको यात्रा टेलिभिजन, रेडियो हुँदै पछिल्लो समयको डिजिटल पत्रिका अनलाइनसम्म आइपुगेको छ ।

करिब ४२ वर्षको पत्रकारिता जीवनमा उनले थुप्रै आरोह अवरोहसमेत पार गरेका छन् । निष्पक्ष, निडर र स्वतन्त्र पत्रकारितामा विश्वास राख्ने उनले कैयौँ पटक धम्कीको समनासमेत गर्नु परेको छ । पुलमुनि रातो कुकुरसँग लास भेटिनेछ, बाटोको पिचमुनि पेल्दिन्छु र सुट गरेर चितवनको जङ्गलमा फलिदिन्छु जस्ता धम्की उनले धेरै खेपेका छन् ।

धम्की मात्र कहाँ हो र ? ठूलाठूला अवसरका लोभ पनि उनका अगाडि राखिएको थियो । तर उनको पत्रकारिताको कदमलाई कोहीले पनि रोक्न सकेन । सायद त्यसैले पनि होला हामी पत्रकारिताको क्षेत्रमा उनको नाम गर्वका साथ लिने गरिन्छ । पत्रकारको अलवा साहित्यकार, प्रोफेसरको रूपमा चिनिएका वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालसँग रातोपाटीको मेरो जीवनस्तम्भका लागि गरिएको कुराकानी ।

मेरो खाना

धेरै मनपर्ने खाना ढिँडो र आलु सिन्कीको अचार हो । ढिँडो जेको भए पनि मनपर्छ । मन नपर्ने त्यस्तो केही छैन । रेस्टुरेन्ट जाँदै जाँदिनँ । पहिलो कुरो फुर्सद हुँदैन । दोस्रो रेस्टुरेन्ट जाने बानी छैन ।

तेस्रो कुरो, काठमाडौँमा बसेर रेस्टुरेन्ट जान खर्चले पनि भ्याउँदैन । सामान्य रूपमा जीवन गुजारा गर्ने मानिसले रेस्टुरेन्ट धेरै धाएर भोजको व्यवस्था गर्न सक्दैन । 

प्रकाशित मिति: : 2019-08-18 14:35:22

प्रतिकृया दिनुहोस्