नर्स कार्यक्रमले बदलिँदै विद्यार्थी

तस्बिरः गोरखापत्र

काठमाडौँ, साउन ३२ गते । बागबजारस्थित ललिता अधिकारीका दुई छोरी डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रममा कक्षा १ र ५ मा अध्ययनरत छन् । अहिले अधिकारीका दुवैजना छोरीको जीवनशैली फेरिएको छ । 

पहिले बिस्कुट, चाउचाउ, लेज, कुरमुरेजस्ता खानेकुरा उनीहरूलाई नभई हँुदैनथ्यो । खाजा खाँदा होस् वा खाना खान लाग्दा, पैसा लिएर पसल जाने र लेज तथा कुरमुरे हातमा राखेर मात्र भात खुवाउनु पथ्र्याे । 

दुवै छोरीलाई बजारमा पाइने ‘जङ्क फुड’ खाने बानी बसिसकेको थियो । छोरीहरूले कुनै विषयमा झगडा गरे पनि फकाउन पसलै जानुपथ्र्याे । चाउचाउ, लेज, कुरमुरे, फेन्टा, कोक, फ्रुटीजस्ता खानेकुराले मात्र छोरीहरूको चित्त बुझाउनुपर्ने अवस्था थियो । तर पछिल्लो समय ती दुई छोरीको बानीमा व्यापक परिवर्तन आएको छ । जङ्क फुडबिना बस्नै नसक्ने ललिताका छोरीहरू अहिले आमालाई चाउचाउ, चाउमिन, लेजजस्ता खानेकुरा खान हँुदैन भनेर सम्झाउने गर्छन् । कहिलेकाहीँ छिटोछरितो खाजाका लागि चाउचाउ ल्याए पनि छोरीहरूले आमालाई गाली गर्ने गरेका छन् । 

यतिमात्र होइन, छोरीहरू आफ्नो जन्मदिनमा दुई तीन सय रुपियाँको चकलेट लिएर विद्यालय जान्थे र सबै साथीलाई चकलेट दिएर जन्मदिन मनाउँथे । अहिले चकलेट होइन, हात धुने साबुन लिएर विद्यालय जाने गरेका छन् । उनीहरू जन्मदिनको उत्सव विद्यालयमा एउटा साबुन दिएर मनाउने गर्छन् । 

खानाअघि हात धुने, विद्यालय जाने बेलामा हातखुट्टा धोएर मात्र जाने, घरको सरसफाइदेखि अन्य धेरै कुरामा उनीहरूले ध्यान दिएका छन् । यो परिवर्तन त्यत्तिकै आएको होइन । पद्मकन्याजस्ता अन्य २० वटा विद्यालयमा प्रदेश ३ सरकारले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गरेदेखि यी विद्यार्थीको जीवनशैलीमा परिवर्तन आएको हो । 

प्रदेश ३ सरकारले यो कार्यक्रम लागू गरेका अन्य २० वटा विद्यालयमा समेत विद्यार्थीमा आफ्नो जीवनशैली परिवर्तन भएको छ विद्यालयमा नर्सले सरसफाइ गर्ने तरिका, कस्तो खानेकुरा खाने, कुन खानेकुराले कुन पौष्टिक तŒव प्रदान गर्छ, कस्ता खानेकुरा खाँदा स्वास्थ्यमा असर पु¥याउँछ जस्ता विभिन्न विषयमा जानकारी गराउने गरेका छन् । प्रदेश ३ सामाजिक विकास मन्त्रालयका नर्सिङ अधिकृत तथा विद्यालय नर्स कार्यक्रमका संयोजक मिलन घिमिरेले विद्यार्थीको बानी व्यवहारमा ठूलो परिवर्तन ल्याउन सफल भएको बताउनुभयो । 

प्रकाशित मिति: : 2019-08-17 07:09:19

प्रतिकृया दिनुहोस्