प्रशिक्षण दिन गएका कांग्रेस नेता आरोप–प्रत्यारोपमा

तस्बिरः नयाँ पत्रिका

प्रमुख प्रतिपक्षी दल कांग्रेस आन्तरिक द्वन्द्वमा रुमलिरहेको छ । पार्टीमा विभिन्न गुट–उपगुटका कारण संसद्मा समेत प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै आलोचित हुन थालेको छ । कांग्रेस आन्तरिक रूपमा कति विभाजित भइसकेको रहेछ भन्ने बुझ्न शुक्रबार पोखरामा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम नै काफी छ ।

करिब चार सय महाधिवेशन प्रतिनिधिकै अगाडि शीर्ष नेताहरू बाझाबाझ गर्न थाले । प्रशिक्षण भेलामा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, तारानाथ रानाभाटलगायत सहभागी थिए । कांग्रेसको प्रशिक्षण कार्यक्रमबारे गोविन्द सुवेदीको रिपोर्ट :

सिटौलाको प्रश्न यो ढंगले पार्टी चल्छ र र?

पोखरामा कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले महाधिवेशन प्रतिनिधिहरूका लागि गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम राखेको थियो । कार्यक्रममा झन्डै चार सय प्रतिनिधि सहभागी थिए । नेता कार्यकर्तालाई प्रशिक्षण दिनुभन्दा कांग्रेस शीर्ष नेतृत्व आरोप प्रत्यारोपमै उत्रिए ।

पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला र तारानाथ रानाभाटले अब कांग्रेस हिजोको ढंगले चलेर नहुने बताए । ‘पार्टी नयाँ ढंगले अघि बढ्न जरुरी छ । नयाँ चेतनाको झन्डा बोकेर अघि बढ्न सक्नुपर्छ । अब हिजोका दिनमा जस्तो रुमलिएर गन्तव्य भेट्न सकिन्न । नयाँ ढंगको सञ्चार आमपार्टी कार्यकर्तामा ल्याउनुपर्छ,’ सिटौलाले भने ।

प्रकाशित मिति: : 2019-08-17 06:43:39

प्रतिकृया दिनुहोस्