यसरी मनाउनुपर्छ जनैपूर्णिमा

नयाँ जनै फेर्दै र रक्षा बन्धन डोरो नाडीमा बाँध्दै बिहीबार जनै पूर्णीमा मनाइदै छ । हरेक वर्षको श्रावण शुक्ल पूर्णीमाका दिन जनै पुर्णिमा मनाउने गरिन्छ । यो पर्वलाई रक्षा बन्धन वा ऋषी तर्पणी पनि भन्ने गरिन्छ । पुर्णिमाका दिनमा नयाँ जनै लगाउने तागाधारीहरुले विहानी उठी नुहाइ धुवाइ गरी वैदिक मन्त्र उच्चारण र सप्त ऋषिलाई तर्पण गरी जल सेचन गराइएको जनैलाई धारण गर्ने परम्परा छ । उनिहरुले पुरानो जनै फुकाली चोखो गरी नयाँ जनै फेर्ने गर्छन् ।

जनाई लगाउने तागाधारीहरुले गोवर, माटो, कुस लगाएर पवित्र जलासयमा गएर स्नान गरी दतिवन वा अपामार्गले दात माझ्ने र पन्चगब्य खाएर नयाँ जनै फेर्ने गरिएको संस्कृतिविदहरु बताउछन् । पुर्णिमाका दिन कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र बसिष्ठ लगायतका सप्तऋषिलाई तर्पण दिने गरिएकाले यसलाई ऋषी तर्पणी भन्ने गरिएको हो । पुर्णिमाका दिन पुरोहितहरूले यजमानहरूको हातमा पहेंलो धागोको रक्षाबन्धन बाँधिदिने चलन छ । यो धाँगो बाध्नाले शरिरको रक्षा हुने विश्वास रहि आएको छ । ‘येनबद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वं प्रतिवध्नामी रक्षेमा चल मा चल’ मन्त्र पढ्दै ब्राम्हणहरूले यजमानको नाडीमा बाँधिदिन्छन् ।

रक्षाबन्धन धागो महिलाहरुको बायाँ नाडीमा र पुरुषहरुको दायाँ नाडीमा बाँध्ने चलन छ । यो दिन बाँधिएको धागोलाई तिहारमा लक्ष्मीपूजाको दिनमा फुकालेर गाईको पुच्छरमा बाँधी विसर्जन गर्ने परम्परा छ ।

भविष्यपुराणका अनुसार महारानी शचीले वैदिक मन्त्रद्वारा अभिमन्त्रित एक सूत्र ­धागो आप्mना पति देवराज इन्द्रको हातमा बाँधेर आप्mना तमाम शत्रुदेखि श्रावणशुक्ल पूर्णिमाकै दिन अभयदान दिएकीले त्यसकै संझना र विश्वासमा स्वर्ण, अक्षता, सस्र्यूं, दुबो, सर्वौषधि आदि पदार्थद्वारा वैदिक मन्त्रोच्चारणका साथ अभिमन्त्रित रक्षाबन्धन बाँध्ने चलन चलेको धार्मीक विश्वास छ । पुरोहितद्वारा रक्षा बन्धन धागो बाँध्दा दैत्यराज बलिको दानशीलता र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने परम्परा रहेको छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर जोगाएका थिए भत्रे पौराणिक कथनबाट रक्षा बन्धन चलेको धार्मीक विश्वास छ ।

प्रकाशित मिति: : 2019-08-14 21:21:17

प्रतिकृया दिनुहोस्