राप्रपाको उपनिर्वाचन तयारी समितिलाई पूर्णता

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीका लागि गठित केन्द्रीय उपनिर्वाचन परिचालन समितिलाई पूर्णता दिएको छ । उपनिर्वाचनको तयारी व्यवस्थित र प्रभावकारी बनाउन पार्टीका प्रवक्ता नीलकण्ठ काफ्लेको संयोजकत्वमा गठित समितिलाई १५ सदस्यीय बनाइएको छ ।

जसको सदस्यहरुमा चन्द्रबहादुर गुरुङ, चन्देश्वरप्रसाद यादव, इन्द्र चित्रकार, राजाराम बर्तौला, तेजकुमार कुरुम्बाङ, जयलाल पुन, महेन्द्रबहादुर कार्की,उद्धव पौडेल, हेमजंग गुरुङ, राम थापा, धनबहादुर बुढा, प्रदीपकुमार उदय,माधव खत्री र मोहन श्रेष्ठ रहेका छन् ।

प्रकाशित मिति: : 2019-09-18 17:46:30

प्रतिकृया दिनुहोस्