सशस्त्र फौजको चरम दुरुपयोग

तस्बिरः अन्नपूर्ण पोष्ट

काठमाडौं : सशस्त्र प्रहरीका निवृत्त उच्च अधिकारीले संगठनको जनशक्तिलाई घरायसी कामदारका रूपमा ‘उपयोग’ गरिरहेको भेटिएको छ। सशस्त्र प्रहरीका महानिरीक्षकदेखि नायब महानिरीक्षक (डीआईजी) सम्मका सेवा निवृत्त पदाधिकारीले सरकारको नीतिविपरीत संगठनको जनशक्ति दुरुपयोग गरेका हुन्।

उनीहरूले आपूm पदमा हुँदा लगेका चालकसहित सशस्त्र प्रहरी सहायक निरीक्षकदेखि सशस्त्र प्रहरी परिचरसम्मका सुरक्षाकर्मीलाई अवकाश पाएपछि पनि फर्काएका छैनन्। सशस्त्र प्रहरीका प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठपछिका सबै पूर्व महानिरीक्षकले जनशक्ति दुरुपयोग गर्दै आएका छन्।

सशस्त्र प्रहरी महानिरीक्षक अध्यक्ष तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सदस्य रहने परामर्श समितिले तयार पारेको ‘आन्तरिक नीति’ मा सेवा निवृत्त भएपछि उनीहरूको ‘सुरक्षार्थ’ प्रहरी जनशक्ति उपलब्ध गराउने परिपाटी छ। यो परिपाटीलाई निरन्तरता दिँदै घरायसी कामका लागि प्रहरी जनशक्ति घटाउने क्रम रोकिएको छैन।

‘आन्तरिक नीति’ मा सेवा निवृत्तपछि महानिरीक्षकले पाँच वर्षसम्मका लागि तीनजना, अतिरिक्त महानिरीक्षक (एआईजी) ले चार वर्षसम्म दुईजना र नायब महानिरीक्षकले तीन वर्षसम्म एकजना सुरक्षाकर्मी सहयोगी÷अंगरक्षकका रूपमा घरमा लैजाने पाउने व्यवस्था छ। तर, सेवा निवृत्त हुनुअघि नै उनीहरूले आपूmलाई चाहिने सुरक्षाकर्मी लैजाने र फिर्ता नगर्ने चलन छ।

यी सबै सुरक्षाकर्मीलाई भात पकाउने, भाँडा माझ्ने, कपडा धुने, घर हेरचाह गर्ने, बगैंचा सफा गर्ने, कुकुर डुलाउनेलगायत काममा लगाइरहेको स्रोतले बतायो। परिचालित सुरक्षाकर्मीको सम्पूर्ण भरणपोषण राज्यले गर्दै आइरहेको छ। यसबाहेक उनीहरूले संगठनकै सवारीसाधन, चालक र इन्धन पनि प्रयोग गरिरहेका छन्।

अन्नपूर्णलाई प्राप्त विवरणअनुसार सशस्त्रका पूर्व महानिरीक्षक बासुदेव वलीले आफ्नो घरमा सातजना सुरक्षाकर्मी राखेका छन्। सशस्त्र प्रहरी जवान विष्णु गजुरेल उनका चालक हुन्। वरिष्ठ हबल्दार तिलकबहादुर दाहाल, हबल्दार विष्णुलाल तामाङ, जवानहरु ठगेन्द्र तुम्बा, जवान कविन्द्र केसी, जवान राजेन्द्रबहादुर केसी र मोहनकुमार बुढाथोकीलाई वलीले ‘सुरक्षार्थ प्रयोजनका लागि’ भन्दै घरको काम लगाइरहेका छन्। वली २०६६ वैशाख २ गते निवृत्त भएका थिए।

अर्का पूर्व महानिरीक्षक सनतकुमार बस्नेतले पाँचजना सहयोगी राखेका छन्। उनका सहयोगीका हबल्दारदेखि जवानसम्म छन्। उनले एकजना चालक, दुई जना सुरक्षागार्ड र दुईजना सहयोगी राखेका छन्। तात्कालीन समयमा गरेका कामका कारण सुरक्षा चुनौती उत्पन्न भएकाले आपूmले सहयोगी राखेको बस्नेतले बताए। ‘मैले एउटा फोर्सको नेतृत्व गरें, फोर्समा काम गर्दा धेरै चुनौती मोल्नुप¥यो,’ २०६८ असारमा निवृत्त भएका बस्नेत भन्छन्, ‘फोर्सको उद्देश्य तत्कालीन विद्रोही माओवादीसँग भिडन्त गर्ने नै थियो। कमान्डरका हिसाबले पनि एउटा फोर्सको प्रमुखसँग केही सुरक्षाकर्मी हुनु नौलो कुरा भएन।’

प्रकाशित मिति: : 2019-08-14 07:20:46

प्रतिकृया दिनुहोस्