गाई बचाउन मुस्लिम मन्त्रीको करोड सहयोग

एक मुस्लिम मन्त्रीले ‘गाई’ बचाउ अभियानका लागि एक करोड रुपैंयाँ सहयोग घोषणा गरेका छन्। ती हुन्–सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई। इद मनाउन गृहनगर नेपालगन्ज पुगेका मन्त्री राईले इदको पूर्वसन्ध्यामा गाई बचाउन उक्त सहयोगको घोषणा गरे।

नेपालगन्ज उपमहानगरपालिकाले कान्जी हाउसमा थुनेका छाडा गाइवस्तु खाना नपाएर मर्न थालेका छन्।

सुरुमा उनले गाईवस्तुलाई खानपिनका लागि ५० हजार नगद दिए।

नेपालगन्जबाटै उनले प्रतिनिधिसभाको संसदीय चुनाव जितेका थिए। त्यसबेला नेपालगन्ज उपमहानगरपालिमा डा. धवल समशेर राणा चुनाव जितेर मेयर चुनिएका थिए।

मन्त्री राईले मेयरलाई भेटेर भनेका थिए, ‘छाडा चौपायाको साह्रै समस्या छ। यी गाईवस्तु व्यवस्थापनबारे केही सोंच्नुस्।’

बलात्कारको बढ्दो ग्राफः आफन्तबाटै सुरक्षित छैनन् पीडितहरू, साउनयता मात्रै २२२३ बलात्कारका घटना

मेयरले जवाफ फर्काए, ‘मैले यही नगरपालिका व्यवस्थापनबारे पिएचडी गरेको छु।’

नगरपालिकाको विकास विषयमा राणाले अमेरिकाबाट पिएचडी गरेका छन्।

राणा कमल थापा नेतृत्वको राप्रपाबाट चुनाव लडेर नेपालगन्ज उपमहानगरपालिकाको मेयर भए। उनको चुनाव चिह्न गाई हो। 
चुनावका बेला नेपालगन्ज सहर ‘गाईमय’ भएको थियो।

राई मुस्लिम हुन्।

जसले आफू कुल्लीमा काम गरेर पनि श्रीमतीलाई छोरीसँगै पढाइरहेका छन्

संयोग कस्तो भयो भने अहिले गाई बचाउनका लागि राईले करोड रुपैयाँ दिने घोषणा गरेका छन्।

प्रकाशित मिति: : 2019-08-12 17:32:41

प्रतिकृया दिनुहोस्