बागलुङमा धारिलो हतियार प्रयोग गरी वृद्ध दम्पतीको विभत्स हत्या

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–८ बोबाङमा एक दम्पतीको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या भएको छ ।

बोबाङको अङगरे विराउनी बस्ने ६४ बर्षीय भानबहादुर कामी र उनकी श्रीमती ६० बर्षीया विमा कामीको धारीलो हतियार प्रयोग गरी हत्या भएको प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी ईञ्चार्ज रिन बहादुर बैदवारले बताए ।

भानबहादुरको शव घर तलको मकै बारीमा भेटिएको थियो भने विमाको शव आफ्नै घरभित्रै विभत्स अवस्थामा रहेको सई वैद्यवारको भनाई छ । कामी दम्पती मृत अवस्थामा फेला परेपछि स्थानीयले आइतबार विहान प्रहरीलाई खबर गरेका थिए । घटनाको प्रकृति अनुसार, घरेलु औजार बञ्चरो प्रयोग गरेर हत्या गरिएको जस्तो देखिएको प्रहरीको भनाई छ । मृतक दम्पती दुवैको टाउकोमा ठुलो चोट लागेको अवस्था छ ।

प्रकाशित मिति: : 2019-08-11 18:38:47

प्रतिकृया दिनुहोस्