मुग्लिन प्रहरीको विजोग

मुग्लिन : पृथ्वी राजमार्गको धादिङदेखि यता नारायणगढ मुग्लिन सडकसम्म केही भइहाले  तत्काल जुट्ने जिम्मेवारी इलाका प्रहरी कार्यालय मुग्लिनको हो ।  सवारी दुर्घटना भइरहने र बेला–बेला पहिरो पनि खसिरहने जस्ता घटनाका कारण इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी जवान २४ सै घण्टा अलर्ट अवस्थामा रहनुपर्छ । तर दिनरात नभनी खटिरहनुपर्ने यस प्रहरी युनिटका जवानको बासकै टुंगो छैन । १७ जना प्रहरी जवान कार्यरत युनिटका जवानले तीनवटा टेन्टमा रात कटाइरहेका छन् । 

पहिलेदेखि रहेको पुरानो भवन २०७२ सालको भूकम्पले क्षति पुर्‍याएपछि काम नलाग्ने भएको छ । बसोबासको समस्याका कारण यस कार्यालयका प्रहरी जवानको विजोग देखिजन्छ । 
‘जवानका लागि चाहिने जति टेन्ट पनि छैन,’ हालै मात्रै प्रमुखका रुपमा कार्यालय आएका प्रहरी निरीक्षक नवीन बुढाथोकीले भने–‘त्यो पनि चर्को गर्मीले गर्दा बी नसक्नु छ ।’ भूकम्पका बेला तत्काल अस्थायी क्याम्पका रुपमा सारिए पनि प्रहरी प्रधान कार्यालयले विकल्प नदिँदा चार वर्ष बितिसक्दा पनि प्रहरीहरुको बसोबास त्यही टेन्टमा भइरहको छ । 

प्रकाशित मिति: : 2019-08-11 18:20:05

प्रतिकृया दिनुहोस्