संकटमा देशभरका कपास उद्याेग : ६ अर्ब डुब्ने, साढे चार लाख राेजगारी खाेसिने

उद्योगमैत्री वातावरण नहुँदा देशभरका कपास उद्योग संकटमा परेको कपास उद्योगीले बताएका छन् । भक्तपुरमा आइतबार नेपाल कपास व्यवसायी संघको प्रथम साधारण सभामा फोहाेरबाट मोहर बनाउने कपास उद्योग सरकारले उद्योगमैत्री वातावरण नबनाउँदा व्यवसाय नै धरापमा परेको उद्योगीले बताएका हुन् ।

तीन तहका सरकारले कर लगाउने र दर्ताबिना नै घुम्ती सेवा दिने उद्योग मनपरी रुपमा सञ्चालन हुँदा दर्ता भएर सञ्चालनमा रहेका उद्योग संकटमा परेको नेपाल कपास व्यवसायी संघकी केन्द्रीय अध्यक्ष चन्दना कोइरालाले बताइन् ।

ठूलो संख्यामा रोजगारी दिने कपास उद्योगलाई आयात निर्यातमा सरकारले लगाएको रोक र जथाभावी घुम्ती सेवा दिने अवैध व्यवसायीलाई कारबाही नगर्दा ठूलो संख्यामा पेसाकर्मी पलायन भएको उनेकाे भनाइ छ । 

मुख्यमन्त्री गुरुङकाे आग्रह– क्षेत्रीय अस्पताल प्रदेशलाई देउ, उत्कृष्ट ढ‌गले सञ्चालन गर्छाै

'कानूनले उद्योगको पांग्रा हुँदैन यसैले यो एकै स्थानमा रहनुपर्छ भन्छ तर ट्याक्टरमा कपास पेल्नेले बिना दर्ता अनुमतिसमेत नलिई गाउँगाउँमा पुगेर सञ्चालन गर्दा सरकारलाई समेत राजस्व नै ठगी रहँदा कारबाही नहुँदा उद्योग नै सञ्चालन गरेका व्यवसायीलाई अर्को मार परेको छ,' उनले भनिन् ।

देशभर २२ सय बढी कपास व्यवसायी रहेको जानकारी दिँदै अध्यक्ष कोइरालाले देशभर पुराना कपडालाई पेलेर विभिन्न प्रयोजनमा आउने कपास बनाउँदै आएका पेसाकर्मीका कारण देशभर ४ लाख ५० हजारले प्रत्यक्ष रोजगारी पाएको तथा ३० हजारभन्दा बढी कपाससम्बन्धी व्यवसाय सञ्चालनमा रहेको बताइन् । कपास उद्याेग संकटमा रहेकाले साढे ४ लाख राेजगारी पनि खाेसिनसक्ने खतरा उनले औंल्याइन् । 

लागूऔषध प्रयोग र कारोबारको भयावह स्थिति,अघिल्लो वर्षभन्दा ११ प्रतिशतले बढ्यो

संघका केन्द्रीय महासचिव श्याम पौडेलले पुरानो कपडा पेलेर सिरक डस्ना बनाउने व्यवसायलाई हेलाको दृष्टिले हेरिँदा आफ्नो पेसा नै धरापमा परेको बताए । उनले दर्ताबिना नै औद्योगिक नीतिविपरीत गाउँ-गाउँमा ट्याक्टर लिएर कपास पेल्न गण्डकी प्रदेशले रोक लगाए पनि अरुले खुला छोडेको गुनासो गरे ।

उनले भने, 'भारतले आफ्नो कपास उत्पादनलाई बढावा दिन कच्चा पदार्थका रुपमा विभिन्न मुलुकबाट हजारौं टन पुराना लुगा ल्याउने गरेको छ तर नेपालमा भएको उत्पादन गुणस्तरीय हुँदा पनि सरकारले लगाउने विभिन्न कर तथा कानूनी झन्झटले व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको छ ।'

कार्यक्रममा भक्तपुर जिल्ला समन्वय समितिका सभापति नवराज गेलालले साना उद्योगको संरक्षणको नीति ल्याउँदै करको क्षेत्रलाई फराकिलो बनाउँदै साना व्यवसायीलाई प्रोत्साहन दिनु आवश्यक रहेको औंल्याए । 

‘भू–स्वर्ग’ खप्तड चिनाउन स्थानीयवासी सक्रिय

त्यस अवसरमा संघका उपत्यका शााखा अध्यक्ष माधव कुँवरले देशमा सञ्चालित उद्योगको रुग्णताका कारण लघु तथा मझौला उद्योगमा मात्र लगभग ६ अर्ब ६० करोड लगानी डुब्ने खतरा रहेको र कपास व्यवसायी टाट पल्टने खतरा रहेको बताए ।

प्रकाशित मिति: : 2019-08-11 18:11:34

प्रतिकृया दिनुहोस्