कश्मीरमा आन्दाेलन, चीनकाे आँधीदेखि उत्तर काेरियाकाे क्षेप्यास्त्रसम्म

तान्जानिया : तान्जानियामा तेल ट्यांकर विस्फोट हुँदा कम्तिमा ६० जनाको ज्यान गएको छ । अरु सयौं घाइते छन् । शनिबार राजधानी दार ए सलामनजिकै मोरोगोरो सहरमा विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ । यस्तो घटनाको भिडियो समेत सामाजिक संजालमा सार्वजनिक भएको छ । घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिँदै छ । श्रीनगर : कश्मीर काण्डबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको पर्सीपल्ट अगस्ट १० मा कश्मीरमा भव्य आन्दोलन सहितको एक भिडियो सार्वजनिक भएको छ । टेलिफोन लगायत सञ्चार विच्छेद गर्दै कफ्र्यू लगाइएको कश्मीरमा हजारौं नागरिक सडकमा उत्रिएर आन्दोलन गरेको भिडियो बिबिसीले सार्वजनिक गरेको हो । 

शल्यक्रियामा गलत रगत चढाउने गंगालालका १० डाक्टरमाथि काउनन्सिको छानबिन

आज शनिबार कश्मीरमा भइरहेको प्रदर्शनको क्रममा सुरक्षाकर्मीले अश्रूग्यास प्रहार गरिरहेको छ । बिबिसीले सार्वजनिक गरेको भिडियोमा हजारौं मानिस सडकमा देखिन्छन् । उनीहरु भारतविरुद्ध नारावाजी गरिरहेका देखिन्छन् । ‘गो इन्डिया गो ब्याक’, ‘वी वान्ट फ्रिडम’ जस्ता नारावाजी उनीहरुले लगाइरहेका छन् । भारत सरकारले कश्मीरको विशेषाधिकार खारेज गरिदिएपछि नै यहाँ आन्दोलन हुँदैआएको बताइएको छ । 

मेक्सिको सीमामा गस्ती गरिरहेको अमेरिकी डुंगामाथि पचासौ राउण्ड गोली फायर

इजरायल : इजरायली सेनाको आक्रमणबाट चारजना प्यालेस्टाइनी नागरिक मारिएका छन् । गाजा र इजरायलको सीमा क्षेत्रमा शनिबार बिहान उनीहरुको ज्यान गएको हो ।

प्रकाशित मिति: : 2019-08-10 20:31:07

प्रतिकृया दिनुहोस्