अन्तर्जातीय विवाहका लागि परिवारभन्दा समाज घातक रहेछ : गायिका टीका प्रसाईं

गीत ‘माया लुकीलुकी...’ बाट एकाएक चर्चामा आएकी गायिका टीका प्रसाईं पछिल्लो समयकी व्यस्त गायिका हुन्। करिब दुई दशक लामो समय नेपाली सङ्गीत क्षेत्रमा खर्चिएकी प्रसाईं गायनमा मात्र सीमित छैनन्। उनी गायिकासँगै संगीतकार पनि हुन्। 
बाल्यकालबाटै गीत–सङ्गीत भनेपछि हुरक्कै हुने प्रसाईं आज यही क्षेत्रमा रमाउन पाउँदा दंग छिन्। ‘संघर्ष गर्नु परे पनि जीवन कहिलेकाही त सोचेजस्तै हुने’ मन्द मुस्कानमा प्रसाईंले भनेको यो वाक्यांशले पनि अड्कल काट्न सकिन्छ उनी कति सन्तुष्ट छिन् भनेर।

पछिल्लो साङ्गीतिक करिअर, जीवन भोगाइ अनि पारिवारिक विषयलाई लिएर नेपालन्युजले सोधेको दर्जन प्रश्नका प्रश्नको उत्तर गायिका टीकाले यसरी दिइन् -

सांगीतिक व्यस्तता कस्तो छ?

व्यस्त नै छ। धेरै गीतहरू सार्वजनिक हुने क्रममा छन्। त्यसमा पनि नारीहरुको चार्ड तीज नजिकिँदै छ। त्यतातिर पनि व्यस्त छु। (हाँस्दै) सामुद्रिक छालजस्तै कहिले तल कहिले माथि गर्दै जीवन बगिरहेको छ।

टीका प्रसाईंको सांगीतिक करिअर कहाँ र कसरी सुरु भएको थियो?

तोते बोली बोल्ने समयबाटै म एक प्रकारले गायिका थिँए रे। मैले उतिबेला तोते बोलीमै ‘कान्छी हे कान्छी’बोलको गीत गाँउथे अरे, आज पनि हजुरबुबाले सुनाउनुहुन्छ।
विद्यालयमा पनि शिक्षकले मलाई गाउन लगाउनु हुन्थ्यो। एसएलसीपछि परिवारको सल्लाहले भारतमा नर्सिङ पढ्न गएकी थिएँ। खै संगीतले तान्यो क्यार, नर्सिङको पढाइ छाडेर संगीतमा रमाउन काठमाडौं आएँ। त्यसपछि सुरु भयो औपचारिक संगीत र साधना।
दुई दशक लामो सांगीतिक करिअरमा टीका प्रसाईंका लागि पछिल्ला वर्ष निकै फलदायी बनेका हुन्?

तपाईंले भनेको कुरामा म सहमत छु। हरेक मानिसको समय आउछ भन्छन्। त्यस्तै भएको होला। मेहनतका हिसाबले पहिलाबाटै उत्तिकै गर्दै आएको हो। तर, २०७४ यता भने साङ्गीतिक करिअर फलदायी बनेको छ। अरु बेलाभन्दा व्यस्तता बढेको छ। रेकर्डिङ, स्टेज शोलगायत देशविदेशका कार्यक्रममा जाने क्रममा पनि बढेको छ।

प्रकाशित मिति: : 2019-08-10 20:25:13

प्रतिकृया दिनुहोस्