सुनकोशी जोगाउन काठमाडौंमा डुंगासहित प्रदर्शन: सुनकोशीका माझी महिलाका साथमा ११ देशका प्रतिनिधि

काठमाडौं: शुक्रबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा आदिवासी जनजातिहरु विश्व आदिवासी जनजाति दिवस मनाउन भेला हुँदै थिए। र्‍यालीको तयारी हुँदै गर्दै मुल गेट नजिकै भने विभिन्न देशका महिलाहरु नदी जोगाउन माग गर्दै आफ्नै भाषामा नारा घन्काइरहेका थिए। 'इफ वुमन स्टप, द वर्ल्ड स्टप' प्लेकार्डसहित उनीहरु नदीलाई जोगाउनुपर्छ भन्दै उफ्रन थाले। बेलाबेला आफ्नै भाषामा चिच्याए पनि। 'खोलालाई बग्न देऊ', 'खोला हाम्रो जीवन' नारा लेखेको ब्यानरमा माझी महिला उनीहरुलाई साथ दिइरहेका थिए। समूहको अगुवाइ गर्दै थिइन् इन्डोनेसियाकी प्याट्रिसिया वटीमेना।

नेपाली माझी महिलाहरुको मागमा ऐक्यबद्धता जनाउन आफू इन्डोनेसियादेखि आएको उनले बताइन्। 'सुनकोशीमा ड्याम बन्ने कुरा रहेछ। त्यसले माझीहरुलाई निकै अप्ठेरो पार्ने देखियो,’ प्याट्रिसियाले भनिन्, ‘यस्तो काममा सरकारले अध्ययन गरेरमात्र काम गर्नुपर्छ भन्ने हाम्रो माग छ।'

बिन्दास बल्थली

विश्वभरका आदिवासी एक हुनुपर्ने आवाज घन्काउन र नेपाली आदिवासीको मुद्दामा साथ दिन आफू नेपाल आएको उनले बताइन्। माझी बस्ती उठे आदिवासीको अस्तित्व समाप्त हुने उनको तर्क छ।

उनीसँगै २४ जना विदेशी महिला आदिवासी दिवसमा माझी समूदायसँगै आइपुगेका थिए।

नेपालमा आत्महत्याको बढ्दो ग्राफः एक वर्षमा ५७५४ जनाले गरे आत्महत्या, आत्महत्या गर्न बाध्य पार्ने ६२ जना कानुनी दायरामा

प्रकाशित मिति: : 2019-08-09 17:12:48

प्रतिकृया दिनुहोस्