चकनाचुर पारिदियो सपना सबै, ग्रान्डीले

तस्बिरः नेपाल समाचार पत्र

काठमाडौं ।
कति सपना देख्नुभएको थियो दोर्जे लामा र निशाले आफ्नो दोस्रो सन्तानका बारेमा ! तर यो सपना सबै चकनाचुर पारिदियो ग्राण्डी इन्टरनेशनल अस्पतालले । पहिलो बच्चा १० बर्ष भैसकेकाले दोस्रो बच्चाको योजना बुनेको दोर्जे दम्पत्तिले ग्राण्डीका डा. पवनराज पन्तसँग झण्डै डेढ बर्षदेखि सल्लाह लिँदै आएको थियो । डा. पन्तकै सल्लाहमा दोस्रो बच्चा जन्माउने योजना बनाउनुभएका उहाँहरू गर्भमा जुम्ल्याहा बच्चा बसेको खबरले थप गद्गद् हुनुभएको थियो ।

व्यवसायमा निकै व्यस्त दोर्जे जुम्ल्याहा जन्मिने खुशीले श्रीमती सुत्केरी हुने २ महिनाअघिदेखि अस्पतालकै सल्लाहबमोजिम श्रीमती र पहिलो सन्तानको रेखदेखमा तल्लीन हुँदैआउनुभएको थियो । तर त्यस्तो खुशी छाएको ९ महिना पनि नबित्दै कहिल्यै नमेटी पीडा आइलाग्यो । १८ दिनको एउटा नवजात शिशु काखमा समेत लिन पाउनुभएन उहाँहरूले । यो पीडा स्त्रीरोग विशेषज्ञ पन्तले भन्दा पनि ग्राण्डीको एनआइसियू विभागमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीको हदै सम्मको लापरवाही र व्यवस्थापन पक्षको कमाउधन्दाले दिएको थियो । यस्तै ठम्याई छ मृतक नवजात शिशुका पिता दोर्जेको ।

संगीत घरका मालिक रमण (भिडियो रिपोर्ट)

दोर्जे भावुक हुँदै भन्नुहुन्छ–जुम्ल्याहामध्येको ठूलो बच्चा त्यस्तो लापरवाहीले गुमाउनुप¥यो भने त्यही ग्राण्डीमाा राखेको भए सानो बच्चा पनि देख्न नपाउने रहेछौँ, श्रीमती निशा त पटक पटक मूर्छा पर्छिन् । सानो बच्चा जोगाउन तिम्रो खाँचो छ भन्दै सम्झाएर होसमा ल्याउनुपरेको छ उनलाई ।’

दोर्जे रोकिनै सक्नुहुन्न । उहाँ खुल्न मात्र चाहनुहुन्छ र थप्नुहुन्छ–२४ सैं घण्टा चिकित्सक र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार गराइने एनआईसियुमा दोर्जेको दुईट बच्चा अक्सिजनसमेत लाउनु नपर्ने अवस्थामा गत असार २० गते जन्मेका थिए । तर ठूलोमा समस्या आएको देखाई एनआईसीयुमा राखी चाहिने÷नचाहिने अनेक खालका परीक्षण गरियो । तर १७ हौँ दिनमा एकाएक सोही बच्चामा अक्सिजन कम भयो भनी अक्सिजन चलाउने जानकारी गराइयो । त्यसपछिलगत्तै २ घण्टा बित्न नपाउँदै भेन्टिलेटरमा राख्नुपर्ने निर्देशन आयो ।

प्रकाशित मिति: : 2019-08-08 07:13:55

प्रतिकृया दिनुहोस्