हातहातै रोजगारी

मुलुकभर अहिले ६ वटा विश्वविद्यालयले इन्जिनियरिङको पढाइ सञ्चालन गरिरहेका छन्।

काठमाडौं : रविन श्रेष्ठ एक अन्तर्राष्ट्रिय संस्थामा सिभिल इन्जिनियरको रूपमा कार्यरत छन्। इन्जिनियरिङको आठौं सेमेस्टर पढ्दै गर्दा २०७२ सालमा मुलुकमा ठूलो भूकम्प आयो। धेरै धनजनको क्षति भयो। लगत्तै पुनर्निर्माणका लागि विदेशी तथा स्वदेशी संस्थाहरू सक्रिय भए, लगानी पनि प्रशस्तै भित्रियो। सोही क्रममा श्रेष्ठलाई पनि रोजगारीको अफर अयो। पढाइ सक्नेबित्तिकै उनी सिभिल इन्जिनियरको रूपमा सिन्धुपाल्चोक खटिए। अहिले मासिक ५० हजार रुपैयाँ उनको आम्दानी छ।

अन्य संस्थाबाट पनि रोजगारीको अफर आइरहेको छ। भन्छन्, ‘सुरुमा इन्जिनियर पढ्दा रोजगारी पाइन्छ कि पाइँदैन भन्ने ठूलो चिन्ता थियो। तर पढाइ सकिनेबित्तिकै रोजगारीमा लाग्न पाएँ, खुसी छु।’ रामहरि श्रेष्ठले पनि विज्ञान विषयमा दस जोड दुईको पढाइ सकेपछि थप अध्ययनका लागि ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) विषय रोजे। उनी अहिले पाँचौं सेमेस्टर पढिरहेका छन्। तर एक सूचना प्रविधि (आईटी) सम्बन्धी कम्पनीमा रोजगारीमा पनि लागेका छन्। उनी बिहान कलेज पढ्छन्। दिउँसो रोजगारीमा जान्छन्। मासिक ३० हजार रुपैयाँ उनी जागिरबाट कमाउँछन्। सुरुमा कलेज भर्ना हुँदा पढाइ खर्च जुटाउन सकिँदैन कि भन्ने त्रासमा रहेका उनी अब भने आफ्नै कमाइले पढाइ पूरा गर्न सक्ने अवस्थामा पुगेका छन्।

‘अहिले त थुपै्र संस्थाबाट रोजगारीको प्रस्ताव आएको छ। तर पढाइ पूरा नगरी धेरै ठाउँमा जागिर नखाने योजना बनाएको छु’ श्रेष्ठ भन्छन्। बीसीएको पढाइ पूरा गर्दासम्म झन्डै पाँच लाख रुपैयाँ श्रेष्ठले लगानी गर्नु पर्नेहुन्छ। ‘तर अब यो पैसा तिर्न कुनै समस्या छैन मलाई’ श्रेष्ठ भन्छन्, ‘पढाइ र रोजगारीलाई सँगसँगै लैजान केही कठिन त हुन्छ। तर दुःख गर्ने बेला यही हो भनेर दुवै कामलाई सँगसँगै अघि बढाइरहेको छु।’...

यो पनि पढ्नुस्

पिप्रा स्वास्थ्य चौकिमा औषधि अभाव, निः शुल्क पाउँने औषधी बाहिर महगों शुल्क तिरेर खरिद गर्नुपर्ने बाध्यता

प्रकाशित मिति: : 2019-08-08 02:24:35

प्रतिकृया दिनुहोस्