श्रीमान विदेशमा, श्रीमतीमाथि परिवारबाटै यौन हिंसा !

  • श्रीमान् विदेश गएको छ महिना मात्र भएको छ तर, परिवारका सदस्यहरूले अनेक लान्छना लगाउन थालेका छन् । सबैभन्दा अप्ठयारो त ससुराको व्यवहार छ । सानो छोरालाई स्तनपान गराइरहेको बेलामा सुटुक्क कोठामा पस्छन्, विरामी भएर उपचार गर्न जाँदा मलाई किन नलगेको जस्ता कुरा गर्छन् ।
  • विवाह भएको १७ वर्ष भयो । दुई छोरी र एक छोरा छन् । श्रीमान बाहिर जान थालेको पनि १२ वर्ष भइसक्यो तर, आजसम्म पनि पैसा पठाउने बेलामा विभिन्न शंकालु कुरा गर्नुहुन्छ । गाउँका मान्छेलाई फोन गरेर मेरोबारे सोधीखोजी गर्नुहुन्छ ।
  • श्रीमान वैदेशिक रोजगारमा जान थालेको १२ वर्ष भयो । छोरा जनकपुरको बोर्डिङ स्कुलमा पढ्छ । छोरालाई भेट्न, श्रीमानले पठाएको पैसा झिक्न भदैलाई साथी लैजाने गरेको छु । तर मान्छेहरु आफ्नै भदैसँग अनैतिक सम्बन्ध रहेको भनी श्रीमानलाई कुरा लगाइदिँदा रहेछन् । यसले बेलाबेला विवाद हुन्छ ।

माथि उल्लेखित घटना पुरुषहरु बैदेशिक रोजगारीमा जाँदा श्रीमतीहरुले भोग्नुपरेको हिंसाका प्रतिनिधिमूलक घटना मात्र हुन् । पुरुष रोजगारीमा जाँदा उनका श्रीमतीहरुले चुकाउनु परेको सामाजिक मूल्यमध्ये यौन हिंसा डरलाग्दो छ । 

महिलाहरु सामाजिक, आर्थिक, घरेलु मात्र होइन, यौन हिंसाको समेत शिकार हुने गरेका छन् । ‘बैदेशिक रोजगारीमा गएका पुरुषहरुको श्रीमतीले भोग्नुपरेको सामाजिक मूल्य’बारे मानवअधिकार आयोगले गरेको अध्ययन अनुसार बहुसंख्यक बुहारी बर्ग सामाजिक हिंसामा पर्न गरेका छन् । जसको श्रीमान विवाह गरे लगतै वैदेशिक रोजगारीमा जान्छन्, उनीहरुलाई छिमेकी र परिवारकै सदस्यले विभिन्न लान्छना लगाउने, जिस्क्याउने र श्रीमानलाई नकारात्मक कुरा लगाइदिने गरेका छन् ।

यस्तै पीडित हुन् सिन्धुपाल्चोककी जसु लामा ।

प्रकाशित मिति: : 2019-08-07 17:14:47

प्रतिकृया दिनुहोस्