मन्त्रीज्यू, १८ वर्षीया नेपाली युवतीले भारतीयसँग विवाह गरिन् भने के हुन्छ ?

संघीय संसद्को प्रतिनिधिसभामा लामो समयपछि प्रतिनिधिसभा सञ्चालन नियमावलीअनुसार प्रश्नोत्तर कार्यक्रम बुधबारबाट कार्यान्वयनमा आएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख कृष्णबहादुर महराले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयसँग सम्बन्धित विषयमा प्रश्न गर्न सांसदलाई अनुमति दिएका थिए । पहिलोपटक सुरु गरिएको प्रश्नोत्तर कार्यक्रममा आधा दर्जन सांसदले  भाग लिए । सांसद रामकुमार झाँक्रीले नेपालमा महिलाले विवाह गर्ने उमेर २० वर्ष राख्दा त्योभन्दा कम उमेरमा विवाह गर्ने महिलालाई मुलुकी अपराध संहिताअन्तर्गत कारबाही गर्ने व्यवस्था कार्यान्वयन मधेसमा चुनौतीपूर्ण भएकोले समाधानको उपाय के हुन्छ  भनी प्रश्न गरिन् ।

अर्का सांसद देवेन्द्रराज कँडेलले नेपालमा महिलाले विवाह गर्ने उमेर २० वर्ष र भारतमा १८ वर्ष हुने कानूनी व्यवस्था भएकाले १८ वर्ष उमेर पुगेकी चेलीले भारतीय नागरिकसँग विवाह गरिन् भने हामीले अपराध भन्न मिल्छ कि मिल्दैन भनेर प्रश्न गरे ।

उनले भारतमा १८ वर्ष उमेर पुगेको पुरुषले १८ वर्ष उमेर पुगेकी नेपाली चेलीसँग विवाह गरेपछि त्यो वैधानिक हुने अवस्था रहेको बताए । ‘१८ वर्ष उमेर पुगेका भारतीय पुरुषले २० वर्ष उमेर नपुगेकी नेपाली चेलीसँग विवाह गरे के नेपाल सरकारले कारबाही गर्न सक्छ ?’ सांसद कँडेलले प्रश्न गरे, ‘नेपाली पुरुषले विवाह गरेर ल्याएको भारतीय चेलीको उमेर १८ वर्ष पुगेको रहेछ भने उमेर नपुगेसम्म बोर्डरमै बसिरहनु र्छ ?’

प्रकाशित मिति: : 2019-08-07 17:00:22

प्रतिकृया दिनुहोस्