४० वर्षदेखि बजार, जग्गा वनकै नाममा

दाङको पूर्वीनाका भालुवाङमा सहरीकरण तीव्र रूपमा भइरहेको छ। पूर्वाधार निर्माणमा करोडौं खर्च भइसकेको भालुवाङ कसैको स्वामित्वमा छैन। तर भालुवाङमा अर्बौं लगानीका संरचना तयार भइसकेको छ।

जिल्लाको एउटा स्थापित बजारका रूपमा पहिचान बनाइसकेको भालुबाङ बजारको मुख्य सहर नै ‘लालपुर्जाविहीन छ। घरमालिकसँग कुनै स्थायी प्रमाण छैन, न जग्गाको छ। कोहीकोहीसँग नगर विकासले दिएको एउटा रसिद मात्र छ।

पूर्वपश्चिम राजमार्गमा पर्ने भालुवाङ राप्ती गाउँपालिकामा पर्छ। चार दशकअघि सामान्य ‘चिया झुपडी’ बाट सुरु भएको भालुवाङमा अहिले १० तलासम्मका महल ठडिएका छन्।

भालुवाङ बजार क्षेत्रको सम्पूर्ण जमिन वनको नाममा छ। वनको जग्गा अतिक्रमण गरेर बस्ती बसेको र त्यसको हस्तान्तरण प्रक्रिया नहुँदा लगानी जोखिममा छ।

भालुवाङवासीले जमिन र घरको स्वामित्व नभए पनि उधारो लगानी गरिरहेका छन्। बजारमा दिनमै करोडौं कारोबार गर्ने राष्ट्रिय स्तरका निजी बैंक स्थापित भइसकेका छन्। नागरिकको पूर्वाधारमा लगानी पनि बढिरहेको छ। सरकारी संरचनासमेत यस क्षेत्रमा स्थापना गरिएको छ। तर पनि स्वामित्व प्रदान गर्न सम्बन्धित निकाय तयार छैन।

प्रकाशित मिति: : 2019-08-07 09:20:13

प्रतिकृया दिनुहोस्