धनुषामा मेयर र उपमेयरको समूहबीच झडप, उपमेयरमाथि लाठी चार्ज

जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिकामा मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा समूहबीच मंगलबार झडप भएको छ। झडपपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन्। अहिले पनि अवस्था तनावग्रस्त छ। मेयर मण्डल पक्षका व्यक्तिहरूले कार्यालय सार्ने भन्दै समान लिन ट्याक्टर लिएर नगरपालिका पुगेपछि उपमेयर झा पक्षका व्यक्तिहरूले रोक्ने प्रयास गर्दा झडप भएको हो। झडपपछि मेयर पक्षका व्यक्तिहरूसँगै नगरपालिका पुगेका प्रहरीको लाठी चार्जबाट  ६ जना भन्दा धेरै घाइते भएका छन्। उपमेयर झालाई समेत चोट लागेको छ। यस्तै वडा २ का अध्यक्ष उदय साह, तपेश्वर मण्डल, फेकन कापड सहितका व्यक्ति प्रहरीको लाठीबाट घाइते भएका छन्। उनीहरूको उपचार स्थानीय क्लिनिकमा उपचार भइरहेको छ। हंसपुर नगरपालिकाको कार्यालय सरकारले बघचौडामा तोकेको छ। तर मेयर मण्डलले आफ्नो गाउँ बेल्ही चोकमा कार्यालय संचालन गरेका छन्। उनले बघचौडा कार्यालयबाट बेल्ही कार्यालयका लागि समान लग्न तीन ट्याक्टरमा करिब ५०/६० जना लिएर पुगेका थिए। उपमेयर पक्षले भने बघचौरामै कार्यालय राख्नुपर्ने भन्दै कार्यालयबाट समान लग्न राकेपछि झडप भएको स्थानीयले बताए।

प्रकाशित मिति: : 2019-08-06 21:22:07

प्रतिकृया दिनुहोस्