१४औं महाधिवेशन सार्न सभापति देउवालाई ‘ग्रीन सिग्‍नल’

तस्बिरः नेपाल न्यूज

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा संस्थापनइतरका नेताहरूको ‘बलियो’ एकता र प्रस्ट अजेन्डा नहुँदा सभापति शेरबहादुर देउवालाई १४औं महाधिवेशन सार्ने बाटो खुलेको छ।

असार २२ गते सुरू भई साउन १७ सम्म भएका बैठकमा छलफलपछि सभापति देउवाकै ‘लाइन’ पास हुने निश्चित भएको छ। पार्टीको सङ्घीय संरचना निर्माण गरेपछि मात्रै महाधिवेशनको कार्यतालिकामा प्रवेश गर्ने देउवाको तयारीलाई जारी केन्द्रीय कार्यसमिति बैठकले स्वीकृति दिएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल सभापति देउवाले महाधिवेशनको विषयलाई प्रवेश गर्नै नदिएको सन्दर्भमा केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तावकै रूपमा उक्त विषय प्रवेश हुनु महत्त्वपूर्ण रहेको बताउँछन्।

ओली महाराज, कम्तिमा अलिकति शर्म त गरिबक्सियोस् !

यसरी चल्छ परदेशको जिन्दगी!

न प्रचण्ड 'हेग' ल्याइन्छन्, न 'हिरो' हुन्छन्

‘सभापतिजीले १४औं महाधिवेशनको कुरा अजेन्डाको रुपमा ल्याउनुभएको थिएन,’ पौडेलले नेपालन्युजसँग भने, ‘अब संरचना निर्माण गर्दै महाधिवेशनमा जाने कुरा सुनिश्चित भयो।’

असार २२ बाट सुरु भएको बैठक असार २७, २९ हुँदै साउन ९ र १० मा बसेको थियो। साउन १२ देखि १७ सम्म लगातार बसेको थियो। अब यही साउन २२ मा पुनः बस्नेछ।

के–के भयो शुक्रबारसम्ममा?

केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले आगामी कार्यक्रम र कांग्रेसको भूमिकाका सम्बन्धमा छलफल गर्न प्रस्तुत अजेन्डामध्ये पहिलो बुँदा ‘नेपाली कांग्रेसको नियमावली, २०७६’ असार २९ गते पारित भइसकेको छ।

पहिलो दिन २२ गते रमेश लेखकद्वारा प्रस्तुत पार्टीको संशोधित नियमावलीको मस्यौदामाथि आवश्यक सल्लाह गरी प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी सर्वसम्मतिले पारित गरेको हो।

एभानको प्रजनन अंग र त्यसलाई मुसारेर आमा बन्न चाहने महिलाहरू ! (भिडियोसहित)

आमा, त्यसैले त महान हुन्छिन् ... (भिडियो रिपोर्ट)

त्यसपछि दोस्रो बुँदामा छलफल लम्बिएको थियो। शुक्रबारको बैठकले १३औं महाधिवेशनका क्रममा बनेको पार्टी सङ्गठनको स्थानीय संरचनालाई रूपान्तरण गरी सङ्घीय व्यवस्थाबमोजिम विधानको धारा ७२ मा उल्लेखित पार्टीको अन्तरिम संरचना गठनको निर्णय गरेको थियो।

महाविधेशनको कार्यतालिका तत्कालै ल्याउन नसकिने र त्यसका लागि आवश्यक निर्देशिका केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरी पारित गर्ने तय भएको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले बताए।

‘महाधिवेशन गर्ने नै हो, चाँडो गर्ने भनेर विधि र प्रक्रिया मिच्ने कुरा आएन, पार्टीको भ्रातृ सङ्गठन तथा अन्तरिम संरचनाको टुङ्गो लगाउने, क्रियाशील सदस्य अद्यावधिक गर्नेलगायत महत्त्वपूर्ण काम बाँकी रहँदै महाधिवेशनको मिति तोकिहाल्ने कुरा आउँदैन,’ महतले नेपालन्युजसँग भने।

प्रकाशित मिति: : 2019-08-06 07:50:27

प्रतिकृया दिनुहोस्