मेलम्चीको ठेक्का चिनियाँ कम्पनीलाई दिने तयारी

फाइल तस्बिर

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोलाई दिने तयारी गरिएको छ । मेलम्ची विकास समिति स्रोतका अनुसार हेडबक्स र सुरुङ फिनिसिङका दुई ठेक्का सिनो हाइड्रोले पाउने निश्चित भएको हो । गत २९ मंसिरमा इटालियन कम्पनी सिएमसी दि राभेनाले छाडेर गएपछि मेलम्चीको काम रोकिएको थियो ।

मेलम्चीका बाँकी काम गर्न सिनो हाइड्रो र नेपाली कम्पनी हाई हिमालय रमन जेभीले प्रस्ताव हालेका थिए । समितिले दुवै कम्पनीको मूल्यांकन गरेर फाइल आयोजनाको लगानीकर्ता एसियाली विकास बैंक (एडिबी)मा पठाएको छ । अहिले एडिबीले मूल्यांकन गरिरहेको समितिका एक अधिकारीले जानकारी दिए । सिनो हाइड्रोले स्टिमेटभन्दा ३५ प्रतिशत कममा प्रस्ताव हालेको पनि स्रोतले बतायो । ‘सिनो हाइड्रोको अनुभव र उसको प्रस्ताव हेर्दा ठेक्का उसैले पाउने निश्चित छ,’ समितिका एक सदस्यले भने, ‘अहिले एडिबीले मूल्यांकन गरिरहेको छ । एक साताभित्र टुंगो लाग्छ ।’

ओली महाराज, कम्तिमा अलिकति शर्म त गरिबक्सियोस् !

यसरी चल्छ परदेशको जिन्दगी!

न प्रचण्ड 'हेग' ल्याइन्छन्, न 'हिरो' हुन्छन्

हेडबक्सको काम १५ महिनामा सक्ने गरी र सुरुङ फिनिसिङको काम १२ महिनामा सक्ने गरी टेन्डर आह्वान गरिएको छ । हेडबक्सका लागि एक अर्ब २४ करोड र सुरुङ फिनिसिङका लागि ९५ करोड बजेट छुट्याइएको छ । गत जेठमा मन्त्रिपरिषद्को बैठकले विशेष परिस्थितिको कानुनी आधारमा टेकेर बाँकी काम अघि बढाउने निर्णय गरेको थियो । त्यसलगत्तै समितिले आयोजनाका बाँकी काम अघि बढाउन टेन्डर आह्वान गरेको थियो । 

आमा, त्यसैले त महान हुन्छिन् ... (भिडियो रिपोर्ट)

एभानको प्रजनन अंग र त्यसलाई मुसारेर आमा बन्न चाहने महिलाहरू ! (भिडियोसहित)

सिएमसीले आफू आर्थिक रूपमा टाट पल्टेको घोषणा गर्दै एकतर्फी रूपमा काम छोडेको थियो । २४ माघमा समितिले सिएसमीसँगको ठेक्का तोडेको थियो । मुख्य दुई प्याकेजको टेन्डर गरेको समितिले बाँकी आठ प्याकेजमा भने सिएमसीसँगै काम गरेका भेन्डर तथा कम्पनीलाई जिम्मा दिइने जनाएको छ ।

सिनो हाइड्रो : सिएमसीको प्रतिस्पर्धी


सिनो हाइड्रोले यसअघि पनि मेलम्चीको काम गर्न प्रतिस्पर्धा गरेको थियो । चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेसन (सिआरसी)सँग सुरुङ निर्माणको ठेक्का तोडिएपछि ०७० मा खुलाइएको ठेक्कामा सिनो हाइड्रोले सिएमसीसँग प्रतिस्पर्धा गरेको थियो । तर, ०७१ मा सिनो हाइड्रोलाई उछिन्दै सिएमसीले ठेक्का पाएको थियो । सिनो हाइड्रोले माथिल्लो तामाकोसीमा काम गरिसकेको छ भने तनहुँ जलविद्युत् आयोजनाको कामसमेत पाएको छ । हाई हिमालय एन्ड रमण कन्स्ट्रक्सन जेभीले हाल धरहराको पुनर्निर्माण गरिरहेको छ ।

प्रकाशित मिति: : 2019-08-06 07:26:04

प्रतिकृया दिनुहोस्