यूएईको सान छोडेका नवराजलाई नेपालमा सम्मान

कुनै समय क्याम्पसको खर्च जुटाउन किराना पसल चलाएका नवराज पौडेल अहिले उद्यमी बन्नुभएको छ । यूएईमा प्रतिष्ठित कम्पनीमा एकाउन्टिङको काम छोडेर नेपालमा व्यवसाय थालेको चार वर्षमै सरकारले उहाँलाई सम्मान पनि गर्‍याे ।

वैदेशिक रोजगारीबाट फर्केका नेपालमै उद्यम गरेर रोजगारी सिर्जना गरिरहेका युवामध्येबाट उहाँ उत्कृष्ट युवा उद्यमी घोषित हुनुभयाे ।

सम्मान ग्रहण गर्न असारको अन्तिमतिर बारा निजगढबाट उहाँ काठमाण्डौ आउनुभएको थियो । सम्मान ग्रहण गर्दै गर्दा उहाँका आँखा रसाए । दिमागमा विगतको झझल्को फनफनी घुम्न थाल्यो । अनि सम्झिनुभयो, किराना पसल कुर्दै होमवर्क गर्दाका ती पुराना क्षण ।

यो पनि पढ्नुस्

कालिकोटको नमूना स्कुल 

त्यो बेला, होमवर्क गर्दा हिसाबको उत्तर केलाउनेमा भन्दा अझै राम्रो व्यवसाय के हुन सक्छ भन्नेमा उहाँको ध्यान दौडिन्थ्यो । ठूलो उद्योग चलाएको सपना देख्नुहुन्थ्यो । तर अहिले साँच्चिकै ठूलो उद्योग चलाइरहनुभएको छ ।

कान्तिपुर पोल्ट्री ब्रिडिङ फार्म । नेपालमै पहिलो स्वचालित चल्ला कोरल्ने प्रविधिमा उहाँले पोल्ट्री फर्म स्थापना गर्नुभयो । उहाँ त्यसै उद्योगको व्यवस्थापन निर्देशक हुनुहुन्छ ।

कुनैबेला आफूले देख्ने गरेको सपना जब विपनामा परिणत हुन्छ अनि के हुन्छ ? यही प्रश्नलाई चिर्दै उहाँ भन्नुहुन्छ, ‘समयले कहाँबाट कहाँसम्म पुर्याउँदो रहेछ ।’

प्रकाशित मिति: : 2019-08-05 00:50:27

प्रतिकृया दिनुहोस्