छोरालाई काखी च्यापेर सशस्त्र युद्ध लडेकी धनमायाको मन फेरिएपछि…

नेपाल लाइभ

रोल्पा- 'प्युठानको खलंगा र बिजुवार बीचको जंगलमा सुरक्षाफौजलाई आक्रमण गर्न खोज्ने रोल्पाका गंगाराम पुनको घटनास्थलमै मृत्यु…'

जब रेडियोमा यो समाचार सुनिन्, धनमाया पुन छाँगाबाट खसेझैं भइन्। रेडियोले भनेको साँचो हो कि आफू भ्रममा परेको हो उनलाई ठम्याउन मुस्किल पर्‍यो। न उठेर हिँड्न सकिन्। न त बोल्न नै। उनले एकएक घन्टमा आउने समाचार कुरिरहिन्। रेडियोले त्यही समाचार दोहोर्‍याइरह्यो।

यो पनि पढ्नुस्

आत्मियता छ र त जीवन सुन्दर छ!

२०५८ मंसिरमा माओवादीले पहिलो पटक नेपाली सेनाको ब्यारेकमा आक्रमण गरेको थियो। दाङमा रहेको सो ब्यारेक आक्रमणपछि सरकारले संकटकाल घोषणा गरी सेना परिचालन गरेको थियो। सेना परिचालनपछि दिनहुँजसो हुने भिडन्तमा माओवादी मरेको भन्ने समाचार रेडियोबाट प्राथमिकताका साथ बजिरहन्थ्यो।

श्रीमान् घर छाडेर माओवादी सशस्त्र युद्धमा पूर्णकालीन भएपछि धनमायाको साथी रेडियो भएको थियो। साथीको रुपमा रहेको त्यही रेडियोले जीवनसाथीको मृत्युको खबर दिँदा उनलाई पत्यार लागेन। त्यस्तै नाम गरेका अरु कोही हुन सक्छन् भन्ने एक मनले सोचे पनि मनको एक कुनामा कताकता शंकाले भने पिछा छाडेन।

युद्धकालीन समयमा पार्टीका नेता कार्यकर्ताको मृत्यु भएपछि त्यसको खबर पार्टी संयन्त्रमार्फत परिवारसम्म आइपुग्न लामै समय लाग्थ्यो। उनले रेडियोबाट त्यस्तो खबर सुनेको केही दिनपछि पार्टीका जिम्मेवार मान्छे आइपुगे, श्रीमान्‌ले 'सहादत' प्राप्त गरेक खबर लिएर। पार्टीबाट श्रद्धाञ्जलीसभाको कार्यक्रम राखियो। उनी पनि त्यो कार्यक्रममा सहभागी भइन्...

प्रकाशित मिति: : 2019-08-03 01:56:38

प्रतिकृया दिनुहोस्