जो प्रधानमन्त्री पुत्रीका रुपमा चिनिन चाहन्नन्

४५ वर्षदेखि भने नेपालको विकास, अर्थतन्त्र, लैंङ्गिक सम्बन्ध, वैदेशिक सहयोग, श्रम बजार, राजनीति, गरिबी र योजनाजस्ता विषयमा अनुसन्धानरत छिन्।

अर्थशास्त्री मीना आचार्यले जीवनको उर्वर समय २५ वर्ष राष्ट्र बैंकमा बिताइन्। त्यसपछिका ४५ वर्षदेखि भने नेपालको विकास, अर्थतन्त्र, लैंङ्गिक सम्बन्ध, वैदेशिक सहयोग, श्रम बजार, राजनीति, गरिबी र योजनाजस्ता विषयमा अनुसन्धानरत छिन्।

यो पढ्नुस्

आत्मियता छ र त जीवन सुन्दर छ! 

 

८२ वर्षकी आचार्यका एक दर्जनभन्दा बढी पुस्तक, दर्जनौं प्राज्ञिक लेख तथा अनुसन्धान प्रकाशित छन्। आचार्यले विश्व बैंक, युएनडिपी, एसियाली विकास बैंकजस्ता संस्थामा परामर्शदाताको रुपमा काम पनि गरिसकेकी छन्। अहिले सरकारले गठन गरेको नीति तथा अनुसन्धान प्रतिष्ठानको सञ्चालक समिति सदस्यका रुपमा कार्यरत छिन्।

१० वर्ष बुबाको मुख देख्न नपाउँदा
१९९४ सालमा काठमाडौँको धोबीखोलामा पिता टंकप्रसाद आचार्य र माता रेवन्तकुमारी आचार्यकी जेठी सन्तानको रुपमा मीनाको जन्म भयो। उनका बुबा टंकप्रसाद नेपालको पहिलो संगठित राजनीतिक पार्टी नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्ष थिए। राणाकालमा यस्तो काम गर्नु ज्यानको जोखिम मोल्नु थियो। विश्व उज्यालोतर्फ लम्किरहेको बेला नेपालमा भने विद्यालय एनन्। यस्ता कुराको माग गर्ने र स्वतन्त्र राजनीतिको वकालत गर्ने उनी राणाको आँखाको कसिंगर हुने भइहाले। त्यसैले त मीना जन्मेको तीन वर्षमै घर, जग्गा र समग्र सम्पत्ति जफत भयो...

प्रकाशित मिति: : 2019-08-03 00:00:14

प्रतिकृया दिनुहोस्