पाण्डेको अगुवाइमा चिनियाँ हुवाजिन सिमेन्टमा अवरोध

स्थानीय राजनीतिकर्मी र स्वार्थ समूहको पेलाइका कारण चिनियाँ हुवाजिन कम्पनीले नेपालमा भित्र्याएको १४ अर्ब ४० करोड प्रत्यक्ष वैदेशिक लगानी संकटमा परेको छ । यही स्थिति जारी रहे सिमेन्ट उद्योगका लागि गरिएको सो लगानी फिर्ता लैजाने विषयमा समेत सो कम्पनीका अधिकारीहरु छलफलमा छन् ।

चिनियाँ सरकारी स्वामित्वको कम्पनीले धादिङको बेनिघाट रोराङ गाउँपालिका-२ ताल्तीमा सिमेन्ट उद्योग निर्माणको काम गरिरहेको छ । तर, अनेक बहानामा काम प्रभावित भएपछि कम्पनी नेपालबाट फिर्ता हुन सक्ने अवस्था पैदा भएको स्रोतले बतायो ।

गत वर्ष असारमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा लगानी बोर्ड र हुवाजिनले सिमेन्ट उद्योगमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यो पनि पढ्नुहोसचीनको हुवाजिन सिमेन्टसँग लगानी सम्झौता, १६ अर्बमा उद्योग खुल्ने

दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य उद्योगको थियो । सुरुवाती चरणमा एक हजार जनालाई रोजगारी प्रदान गर्ने उद्योगले पहिलो चरणमा १४ अर्ब ४० करोड लगानी भित्र्याएको थियो ।

विवाद

कारखानासम्म जाने सडकको विषयमा सबैभन्दा ठूलो विवाद छ । शिलान्यास भएको ९ महिनामा उत्पादन थाल्ने लक्ष्य राखेको उद्योगले बेनीघाटबाट ११.५ किलोमिटर दुरीमा १२ मिटर चौडाइको सडक खन्न थालेको थियो । तर, यसमा छिमेकी गजुरी गाउँपालिकाका स्थानीयवासीले विरोध जनाए । कारखाना जाने बाटो र विद्युतसमेत आफ्नै गाउँबाट लैजानुपर्ने स्थानीयको माग छ ।

सोही गाउँपालिकाका प्रदेश सभा सांसद राजेन्द्र पाण्डेले असन्तुष्ट स्थानीयवासीको नेतृत्व गरेका छन् । गजुरीमा आयोजित एक कार्यक्रममा सांसद पाण्डेले सिमेन्ट उद्योगको डोजरमाथि आगो लगाइदिने सार्वजनिक भाषण गरेको बेनीघाट रोराङका स्थानीयले बताए । जबकी उद्योग शिलान्यासमा पाण्डे आफैं सहभागी थिए । उनै पाण्डे हालै स्थानीयवासीले बनाएको संघर्ष समितिको कार्यक्रममा सहभागी भएका थिए ।

यो पनि पढ्नुहोसहुवाजिन सिमेन्टका उपाध्यक्षले भने- नेपालमा प्रक्रियामै धेरै ढिलाइ

दुरीका हिसाबले नजिक पर्ने भएकाले उद्योगले बेनिघाटबाट बाटो लैजानु स्वाभाविक नै देखिन्छ । बेनिघाटभन्दा गजुरीबाट लैजाँदा करिब ३ किलोमिटर बढी सडक खन्नुपर्ने अवस्था रहेको कम्पनीको भनाइ छ ।

यता, उद्योगले बनाइरहेको सडकले जैविक विविधता मासिएको तथा उद्योग सञ्चालनपछि वातावरण प्रदुषण फैलिने भन्दै एक संस्थाले विभिन्न निकायमा उजुरी गरेको छ । गजुरीका स्थानीय भूमि कर्णेलको संयोजकत्वमा बनेको ‘वातावरण बचाउ अभियान’को उजुरीपछि वातावरण संरक्षणका क्षेत्रका कार्यरत विभिन्न संस्थाबाट स्थानीय सरकारलाई पत्र आएको बेनिघाट रोराङ गाउँपालिका-२ का वडा अध्यक्ष टंकबहादुर थापाले बताए । थापाका अनुसार वन मास्न नदिनू, खोला, कुलेसोमा सडक बनाउन नदिनू भन्ने खालका पत्रहरु वडामा आएका छन् ।

त्रिपाठी र पाण्डेको जुँगाको लडाइ

प्रतिनिधिसभा सदस्य भूमि त्रिपाठी र प्रदेश ३ प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे तत्कालीन नेकपा एमाले धादिङका समकालीन नेता हुन् । माधव नेपाल गुटका पाण्डे लामो समय केन्द्रीय राजनीतिका पात्र बने भने त्रिपाठी ओझेलमा परे ।

प्रकाशित मिति: : 2019-08-02 10:42:46

प्रतिकृया दिनुहोस्