लिबिया पुर्‍याउने ५ मानव तस्कर प्रहरीको फन्दामा, कहाँ पुग्यो कारबाही प्रक्रिया?

तस्बिरः नेपाललाइभ

काठमाडौं- आकर्षक रोजगारीको प्रलोभन देखाई युवालाई युद्धग्रस्त अफ्रिकी देश लिबिया पुर्‍याउने क्रम बढिरहेको छ। आर्थिक वर्ष २०७५/०७६ मा मात्रै रोजगारीको प्रलोभनमा युद्धग्रस्त लिबिया पुर्‍याइएका ५० जनाभन्दा बढी युवालाई स्वदेश फर्काई सकिएको छ।

अन्तराष्ट्रिय आप्रवासी संगठन (आइएमओ), नेपाली शान्तिसेना, इजिप्टको कायरोस्थित नेपाली दूतावासलगायत संघसंस्थाको सहयोगमा नेपाल फर्काइएको हो। 

यसअघिका शृङ्खलामा हामीले आकर्षक काम र कमाइको प्रलोभनमा परी युवा कसरी मानव तस्करको पन्जामा पर्छन् र युद्धग्रस्त लिबियामा नेपाली युवाको भोगाइ प्रस्तुत गरिसकेका छौँ। यसरी प्रलोभनमा पारी मानव तस्करी गर्नेहरूलाई कस्तो कारबाही प्रक्रिया अघि बढाइँदैछ? पीडितहरू कहिले पाउलान् राहत? यी लगायतका विषय हामी यस शृङ्खलामा समेट्ने प्रयास गरेका छौँ।

000

लिबिया पुगेर फर्किएका युवाहरूसँग नेपाल लाइभले प्रतिक्रिया लिँदा अधिकांश युवालाई ‘लिबिया युद्धग्रस्त मुलुक हो र त्यहाँ जान नेपाल सरकारबाट प्रतिबन्ध लगाइएको छ’ भन्ने जानकारी नभएको पाइएको छ। 

एकपटक लिबिया पुगेपछि त्यहाँबाट अन्य विकसित युरोपेली मुलुक जान सकिने भन्दै एजेन्टले प्रतिकामदार ६ लाखसम्म रकम असुली गरेका थिए।

आफूलाई आकर्षक रोजगारीको प्रलोभन देखाई युद्धभूमिमा आफूहरूलाई अलपत्र पारी ठगी गरेको भन्दै पीडितहरूले मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिएका छन्। 

प्रकाशित मिति: : 2019-07-31 17:47:51

प्रतिकृया दिनुहोस्