पैसाभन्दा शारीरिक व्यायामले दिन्छ धेरै खुशी

तस्बिरः एजेन्सी

कसरतले शारीरिक र मानसिक स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ भन्ने प्रष्ट छ।

तर तपाईँको आर्थिक हैसियतभन्दा मानसिक स्वास्थ्यका लागि व्यायाम महत्वपूर्ण छ भन्ने थाहा थियो?

यल र अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धाताले गरेको अध्ययनबाट यस्तै देखिएको छ। द लान्सेटमा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार वैज्ञानिकहरूले १२ लाखभन्दा धेरै अमेरिकीको शारीरिक व्यवहार र मानसिक “मूड”बारे डाटा संकलन गरे।

अध्ययनका सहभागीलाई सोधिएको थियो-तनाव, उदासिनता वा भावनात्मक समस्याका कारण गएको ३० दिनमा कति पटक मानसिक रूपमा बिरामी भएको अनुभव गर्नुभएको छ?

सहभागीलाई उनीहरूको आम्दानी र शारीरिक गतिविधिबारे पनि प्रश्न गरिएको थियो। बगैंचामा झार काट्ने, छोराछोरी स्याहार्न वा घरायसी कामदेखि “वेटलिफ्टिङ”, साइकल चलाउने र दौडसम्म, विभिन्न ७५ प्रकारका शारीरिक गतिविधिको विकल्प दिइएको थियो।

सक्रिय व्यक्ति बढी खुशी हुन्छन्

नियमित व्यायाम गर्नेहरू वर्षमा औसत ३५ दिन नरमाइलो मान्ने भए पनि निष्क्रिय व्यक्तिलाई थप १८ दिन नराम्रो वा अस्वस्थ अनुभव हुने वैज्ञानिकहरूले पत्ता लगाए।

यसबाहेक, शारीरिक रूपमा सक्रिय व्यक्तिहरू खेलकुद नगर्ने तर वर्षमा २५ हजार अमेरकी डलरजति कमाउनेहरू जत्तिकै रमाइलो अनुभव गर्ने वैज्ञानिकहरूले पत्ता लगाएका छन्।

प्रकाशित मिति: : 2019-07-30 07:36:32

प्रतिकृया दिनुहोस्