अहिलेको जलवायु परिवर्तन दुई हजार वर्षकै इतिहासमा अतुलनीय

तस्बिरः बिबिसी

विश्व तापमानको वर्तमान गति र विस्तार पछिल्ला दुई हजार वर्ष यताकै उच्च रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्।

पछिल्लो शताब्दीमा भएको तापक्रम वृद्धिको मात्रालाई 'लिटिल आइस एज' जस्ता चर्चित ऐतिहासिक घटनासँग पनि तुलना गर्न नसकिने उनीहरूले देखाएका छन्।

अहिलेको तापमान वृद्धिदर पहिले मापन गरिएका कुनै पनि दरहरूभन्दा बढी रहेको अनुसन्धानले देखाएको छ।

अहिलेको नतिजाले जलवायु परिवर्तनबारे शङ्कालुहरूको तर्क मान्य नहुने देखाएको वैज्ञानिकहरूले बताएका छन्।

वैज्ञानिकहरूले पछिला शताब्दीहरूको सर्वेक्षण गरि विश्वको जलवायु परिवर्तनको इतिहासलाई हेर्दा त्यसमा कैयौँ महत्त्वपूर्ण युगहरू देखा परेका छन्।

ती युगहरू 'रोमन वार्म पिरियड'देखि सुरु भएका थिए र 'लिटिल आइस एज'सम्म पुगेका थिए।

'रोमन वार्म पिरियड' सन् २५० देखि सन् ४०० सम्मको थियो। त्यसबेला पनि युरोपमा असामान्य खालको गर्मी देखा परेको थियो।

त्यस्तै सन् १३०० ताकादेखि 'लिटिल आइस एज'मा भने तापक्रमा असामान्य रूपमा कमी आएको थियो।

ती घटनाहरूलाई विभिन्न शताब्दीमा विश्व कैयौँ पटक तातो र चिसो बढेको प्रमाणहरूको रूपमा हेरिएको थियो।

र, औद्योगिक क्रान्तिपछि देखिएको तापमान वृद्धि पनि त्यस्तै स्वरुपको रहेको थियो, त्यसले गर्दा त्यसबारे चिन्तित हुनुपर्ने कुनै कुरा थिएन।

तीनवटा नयाँ अनुसन्धान पत्रहरूले चाहिँ त्यो तर्क अस्थिर जगमा अडिएको देखाएका छन्।

ग्राफतस्वीर कपीराइटUNIVERSITY OF BERN

वैज्ञानिकको समूहले विगत दुई हजार वर्षदेखिका सात सय प्रतिनिधि अभिलेखहरूलाई पुनर्निर्माण गरेर तापक्रम परिवर्तनको अध्ययन गरेका हुन्।

उनीहरूले रुख, मूगा र तालहरूका अवशेषहरूको अध्ययन गरेका थिए।

त्यसपछि उनीहरूले अहिलेको जस्तो विश्वस्तरमा जलवायु परिवर्तनको घटनाहरू पहिले नभएको निर्धारण गरेका हुन्।

सन् ९५० देखि १२५० सम्मको 'मिडिएभल वार्म पिरियड'मा मात्र पृथ्वीको ४० प्रतिशत भागमा तापक्रम वृद्धि भएको थियो अन्यथा अन्य अवस्थामा तापमान परिवर्तन क्षेत्रीय थियो।

तर आजको तापक्रम वृद्धिले भने त्यसको विपरित पृथ्वीको अधिकांश भागलाई समेटेको छ।

प्रकाशित मिति: : 2019-07-28 15:38:44

प्रतिकृया दिनुहोस्