नेकपामा शीर्ष नेताको विभाग मोहले उल्झन

तस्बिरः नागरिक

काठमाडौं - पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले नै विभागीय प्रमुखमा रुचि देखाएका छन्। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीका ३२ विभागमध्ये प्रमुख ६ वटामा चारवटा पूर्वएमाले र २ वटा पूर्वमाओवादी केन्द्रको भागमा लगाएका छन्। ती विभागमा शीर्ष नेताहरूले नै आँखा लगाउँदा विवाद देखिएको छ।

२०५० सालमा तत्कालीन एमाले विदेश विभाग प्रमुख रहेका माधवकुमार नेपालले महासचिव भएपछि सो विभाग छाडेका थिए। २०६४ सालमा भएको संविधानसभाको चुनावमा पार्टीको हार भएपछि महासचिवबाट राजीनामा दिएका नेपाल २०६६ सालपछि पनि विदेश विभाग प्रमुख भएका थिए। तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भई बनेको नेकपाको विदेश विभाग प्रमुख पनि उनैलाई बनाउने तयारी छ।

 

‘अन्य जिम्मेवारीमा रहेका नेताले विभागमा दाबी गर्नु हुँदैन’

२०४९ सालमा तत्कालीन एमाले प्रचार विभाग प्रमुख रहेका झलनाथ खनाल पनि एकपटक विदेश विभाग प्रमुख भइसकेका छन्। एकीकरणपछि बनेको नेकपाको नीति अध्ययन विभाग वा स्कुल विभाग खनाललाई दिने तयारी छ। २०५० सालमा ओली तत्कालीन एमाले प्रचार विभाग प्रमुख थिए। तत्कालीन एमाले महासचिव मदन भण्डारीको निधनपछि नेपाल महासचिव बने। नेपाल महासचिव बनेपछि संगठन विभाग र उपमहासचिवको जिम्मेवारी लिएका वामदेव गौतम अहिले नेकपा किसान महासंघको अध्यक्ष छन्। उनलाई संगठन विभाग प्रमुख दिने तयारी छ। अहिले नेकपा अध्यक्ष रहेका ओली पनि विगतमा एकपटक प्रचार विभाग प्रमुख, विदेश विभाग र स्कुल विभाग प्रमुख भइसकेका छन्।

प्रकाशित मिति: : 2019-07-28 11:43:38

प्रतिकृया दिनुहोस्