ललितपुर महानगरपालिका अघि बढ्दै: ९० सालको भूकम्पले ध्वस्त बनाएको सम्पदा पुनर्निर्माण तीव्र

ललितपुर दरबार स्क्वायर

ललितपुर । ललितपुर महानगरपालिकाले बिक्रम सम्वत १९९० सालको भूकम्पले ध्वस्त भएको मन्दीरको पुननिर्माणलाई तीब्रता दिएको छ । महानगरले ८६ वर्षपछि पुननिर्माणलाई तिब्रता दिएको हो ।

सम्पदा संरक्षण समूहको आर्थिक सहयोगमा महानगरले पाटन दरबार क्षेत्रको दक्षिण पश्चिममा रहेको सत्रौ शताब्दी पुरानो भाइदेगःको निर्माण अन्तिम चरणमा पु¥याएको छ । महानगरका मेयर चिरिवावु महर्जनले महानगर क्षेत्र र विशेष गरी पाटन दरबार क्षेत्रमा रहेको सम्पदा संरक्षण गर्ने योजना अनुसार सन् १९९० सालमा ध्वस्त भएको सम्पदा निर्माणलाई तीब्रता दिएको बताउनुभयो । समुहले तीन वर्ष अघि भाइदेगः मन्दीर पुनःनिर्माण शुरु गरेको हो ।

समुहका सचिव एवं वास्तुविद् डा. रोहित रंजितकारले तीन तले सो मन्दिरको पहिलो तलाको काम सकिएको जानकारी दिनुभयो । करिब ८ करोड रुपिया लागतमा निर्माण गर्न लागिएको सो मन्दिर बिसं १९९० सालको भूकम्पले ध्वस्त भएको महानगरले जनाएको छ ।

वास्तुविद रंजितकारका अनुसार कृष्ण मन्दिर कै शैलीमा निर्माण गरिएको र हाल सानो आकारमा व्यवस्थापन गरिएको दरबार क्षेत्रको उमामहेश्वर मन्दीरको समेत ड्रइङ डिजाइन तयार गरी पुनर्निर्माण गर्ने क्रममा रहेको जानकारी दिनुभयो ।

संस्कृतिविद् सत्यमोहन जोशी संस्थापक अध्यक्ष रहनुभएको समूहले पाटनका करिब आधा दर्जन भन्दा बढी मन्दिरको पुननिर्माण गरिरहेको छ । हाल सो संस्थाको अध्यक्ष पृथ्वीबहादुर पाण्डे रहनु भएको छ ।

हामीले बिसं २०७२ को भूकम्पले ध्वस्त भएका र बिसं १९९० साल अर्थात ८६ वर्ष अघि ध्वस्त भएका र केहीको अस्तित्व समेत नभएका मन्दिरको उत्खनन गरी पुननिर्माण गर्ने योजनामा रहेको मेयर महर्जनले बताउनुभयो । महानगरले पुरानो अदालत भवन संगै रहेको भष्मेश्वर महादेव, देगु तलेजुसंगै मुलचोकमा रहेको मन्दिर पुननिर्माण गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: : 2019-07-25 07:57:24

प्रतिकृया दिनुहोस्