माछा बेचेर पैसा कमाइएछ भने फिल्म बनाउनु पर्ला

‘रेशम फिलिलि’ पछि नेपाली चलचित्र उद्योगमा ‘नोटिस’ भएका कामेश्वर चौरासियाले त्यसपछि निकै चलचित्रमा काम गरे । अभिनयमा अब्बल भएकाले अफरहरु आइरहन्थे । काम गर्दै गए– चाहे मधेशी पात्रलाई हल्का रुपमा चित्रण गरिएका चलचित्र हुन् या अन्य ।

तर, विस्तारै कामेश्वरलाई अफर आउन छोड्यो । आए पनि सामान्य रोलमा मात्रै आउन थाल्यो । जुन उनलाई चित्त बुझ्दैनथ्यो । पछिल्लो पटक चलचित्र ‘गरुड पुराण’ पछि कामेश्वर कुनै पनि चलचित्रमा देखिएका छैनन् । उनी आजभोलि चलचित्रको सेटमा हैन, मीनभवनस्थित बागमती करिडरको एक होटलमा भेटिन्छन्, जुन उनको आफ्नै हो । चलचित्रमा काम नभएपछि उनले विकल्पको रुपमा होटल खोले ।

नको होटलको विशेषता भनेको तारेको माछा हो । माछा तार्नेदेखि ग्राहकलाई सर्भिससम्म उनी आफैँ गर्छन् । होटल खोले पनि उनको मन भने चलचित्रमै छ । कामेश्वरसँग उनको व्यवसाय तथा अभिनेता बन्ने सपनाबारे बाह्रखरीकर्मी वर्षा महर्जनले कुराकानी गरेकी छन् ।

अभिनय गर्न सजिलो रहेछ कि व्यवसाय गर्न ?
काम गर्न सके सबै सजिलो हुन्छ । मेरो फिलोसोफीमा चाहिँ कामलाई गाह्रो सोच्यो भने गाह्रो नै हुन्छ र सजिलो तरिकाले हेर्यो भने सजिलो नै हुन्छ । मलाई फिल्म खेल्न पनि सजिलो लाग्यो र यो माछा तार्न पनि सजिलो लाग्यो ।

एउटा क्षेत्र छान्नुपर्दा कुनमा बढी आनन्द महसुुस गर्नुहुन्छ ?
म कुनै पनि काममा रमाउन सकिन भने त्यो काम गर्दिन र हरेक काममा सन्तुष्त नै हुन्छु । फिल्म नै गर्छु, फिल्ममै जम्छु भनेर मानसिक रुपमा तयार भएर आएको । त्यसैले फिल्ममै बढी रमाउँछु र आनन्द महसुस गर्छु...

प्रकाशित मिति: : 2019-07-20 03:30:05

प्रतिकृया दिनुहोस्