पुरुषसत्ता समाजका लागि हानिकारक छः शीतल दाहाल (अन्तर्वार्ता)

शीतल दाहाल

शीतल दाहाल पुरुषसत्ताविरुद्ध आवाज उठाउँछिन्। पुरुषसत्ताका कारण महिलाहरु कसरी उत्पीडनमा परेका छन् भन्ने विषयमा उनको कलम खरो रुपमा चल्छ। यसकारण कतिपयले उनीमाथि ‘पुरुषविरोधी’ को आरोप समेत लगाउने गर्छन् । उनै शीतलको बुझाईमा पुरुष चरित्र के हो त? नेपालखबरले उनीसँग गरेको पुरुष संवाद यहाँ प्रस्तुत गरेका छौँ।

तपाईंको विचारमा पुरुष चरित्र भनेको के हो?
पुरुष हुन त मान्छे नै हो। तर, उसलाई पुरुष बनाइएको हो। पुरुष भएका कारण उसमा रहेका कमी–कमजोरीसहितको मान्छे भइदियो ऊ। हाम्रो सामाजिक संरचनाले उसको विशेषण थपिदियो।

मान्छे हुनु र पुरुष हुनुमा के भिन्नता रहेछ?
एउटा असल मान्छेलाई विभिन्न विशेषणहरु झुन्डाइदिएर खराब मानिस बनाइएको छ भने ऊ पुरुष हो। पुरुषको ठाउँमा महिलालाई राख्ने हो भने पनि उसको विशेषताको कुरा आउला। तर, महिला पुरुष जति खराब हुँदैनन्। नेपाली समाजमा महिलालाई कमजोर, कमसल र निरिह भनेर ब्याख्या गरिएको छ भने पुरुषलाई शाहसी, विशेष, महान्, बहादुर भनेर अलंकार लगाइएको छ। जसका कारण ऊ पुरुषसत्ताको चंगुलमा छ।

पूर्वीय दर्शनले पुरुषलाई आत्मा र महिलालाई शरीर मान्छ। जसअनुसार पुरुष अमर र महिला नासवान् हुन् भन्न खोजिएको छ। यसमा तपाईंको मत के छ?
होजस्तो लाग्छ। हाम्रो समाज र हामी पूर्वीय दर्शनबाट निर्देशित छौँ। पुरुषले आफूलाई के सम्झियो र महिलाले आफूलाई के सम्झियो भन्ने कुराको सूक्ष्म अवशेष हामी हौँ। त्यही अवशेषका कारण महिलाले आफूलाई सोच्ने र पुरुषले आफूलाई सोच्ने मानसिकता यस्तो छ।

भनेपछि पुरुषको परिभाषा उसको व्यवहार र हाउभाउले निर्धारण गर्छ?
पुरुष र महिलाको आ–आफ्नो हाउभाउ हुन्छ। त्यसैले परिभाषाको निर्माण गर्छजस्तो मलाई लाग्दैन। यसमा पक्कै उसको व्यवहार कारक रहन्छ। एउटा पुरुषले हिजोदेखि महिलालाई कस्तो व्यवहार ग¥यो र आज कस्तो व्यवहार गरिरहेको छ भन्ने कुराले यसमा केही हदसम्म फरक पार्छजस्तो लाग्छ। किनकि मानसिकताले व्यवहार निर्धारण गर्ने हो। यदि एउटा पुरुषमा पुरुष मानसिकता छ भने त्यो मानसिकताले उसको व्यवहार पनि त्यस्तै खालको निर्माण गरिदिन्छ।

प्रकाशित मिति: : 2019-07-18 15:49:10

प्रतिकृया दिनुहोस्