काठमाडौंकाे जग्गा प्रतिआना ३२ हजारदेखि ३५ लाखसम्म, कहाँ कति? (सूचिसहित)

काठमाडाै‌ं उपत्यका।

काठमाडौं, साउन २ : सरकारले काठमाडौंका जग्गाको न्यूनतम मूल्य निर्धारण गरेको छ। मालपोत कार्यालयले विगतको मूल्यको ४० प्रतिशतसम्म वृद्धि गरेर नयाँ जग्गाको मूल्य निर्धारण गरेको छ।

साउन १ देखि लागू हुने गरी मालपोत कार्यालयहरूले सरकारी जग्गाको नयाँ मूल्य निर्धारण गरेका हुन्। काठमाडौं उपत्यकाका ६ वटा मालपोत कार्यालयले आनाको ३२ हजारदेखि ३५ लाख रुपैयाँसम्म तोकेका छन्। देशभरका मालपोत कार्यालयले पनि जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहसँगको परामर्शमा जग्गाको सरकारी मूल्यांकन बढाएका हुन्।

साउन १ देखि लागू हुने गरेर मालपोत कार्यालय कंलकीले बल्खुदेखि बनस्थलीसम्म चक्रपथसँग जोडिएको जग्गाको मूल्यांकन प्रति आना ३५ लाख पुर्‍याएको छ। विगतमा २५ लाख रहेको मूल्यांकनलाई ३५ लाख पुर्‍याएको हो। जुन मूल्यमा ४० प्रतिशत बृद्धि हो।

त्यस्तैगरी बिष्णुमतिदेखि रविभवनसम्मको जग्गाको मूल्यांकन आनाको ३३ लाख रहेको छ। कालिमाटी चोकदेखि बल्खुसम्मको जग्गाको मूल्यांकन पनि आनाको ३३ लाख गरिएको छ।

कलं‌की क्षेत्रकाे जग्गाकाे मूल्य

टेकु कालीमाटिकोको मूल सडकको उत्तरतर्फ विष्णुमति पुलपछाडि आनाको २१ लाख रुपैयाँ निर्धारण गरेको छ। बाफलदेखि स्युचाटारतर्फ १८ लाख रुपैयाँ निर्धारण गरिएको छ।

मालपोत कार्यालय साँखुले पनि जग्गाको मूल्यांकन बढाएको छ। साँखुमा सबैभन्दा बढी आनाको १७ लाख रुपैयाँ जग्गाको मूल्य कायम गरिएको छ। साँखु जाने मूल सडकको बाटोको मूल्य ११ लाख रुपैयाँ तोकिएको छ।

त्यस्तै, सहायक सडकमा जोडिकएको जग्गाको मूल्य आठ लाख रुपैयाँ तोकिएको छ। नारायाण स्थान पुलदेखि कात्तिकेसम्म तीन लाख रुपैयाँ तोकिएको छ।

सुन्दरीजलतर्फ बाटो नभएको वडा नम्बर १ देखि ६ वडासम्मको मूल्य ३२ हजार रुपैयाँ तोकिएको छ। सुन्दरीजलमा मुल सकडको बाटोमा छोइएको जग्गामा भने ८ लाख रुपैयाँ तोकिएको छ।

साँखु क्षेत्रकाे जग्गाकाे मूल्य

 

प्रकाशित मिति: : 2019-07-18 15:37:55

प्रतिकृया दिनुहोस्